Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कर्मचारीको सेवाप्रवाह चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिन्छ : मन्त्री मोदी


१५ वैशाख ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरुको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् ।

नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवाप्रवाहमा यदि चित्त बुझेन भने जनताको आक्रोश सरकारमाथि पोखिन्छ” उनले भने, “त्यसकारणले कर्मचारीहरुले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्नुपर्दछ ।”

कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमअनुसार काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । सरकारको मुल नीतिअनुसार कर्मचारीले काम नगर्दा जनस्तरबाट सरकारको आलोचना हुने गरेको उनले बताए ।

उनले थपे, “कर्मचारी साथीहरुले सरकारको नीति अनुसार काम गरेन भने सरकारको आलोचना हुन्छ । कर्मचारीहरु वा सम्बन्धित निकायले अपेक्षाकृत परिणाम दिन नसक्दा त्यसको आक्रोश पनि राजनीतिक दलमाथि पर्न जान्छ । उनले सबै दल र नेतृत्व लामो राजनीतिक संघर्षबाट उदय भएकाले उनीहरुको योगदानको समेत अवमूल्यन हुने खतरा भएको भन्दै मन्त्री मोदीले भने, “सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजान खोज्दा समेत सरकारले अहिले जस पाइरहेको छैन, राजनीतिक आन्दोलनबाट उदाएका नेतृत्वको मूल्यांकन समेत हुन छाडेको छ ।”

कर्मचारीहरुले आफ्नो अधिकारभन्दा पहिले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नेतिर ध्यान दिनुपर्ने बताए । “तपाईहरु ट्रेड युनियनमार्फत् आफ्नो अधिकारको लडाईमा लाग्नुहुन्छ, तर तपाईहरुले पहिले जनतालाई सेवा प्रवाह गरेर मात्रै राजनीतिक काममा क्रियाशील हुनुपर्छ ।”


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?