Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कर्मचारीको सेवाप्रवाह चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिन्छ : मन्त्री मोदी


१५ वैशाख ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरुको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् ।

नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवाप्रवाहमा यदि चित्त बुझेन भने जनताको आक्रोश सरकारमाथि पोखिन्छ” उनले भने, “त्यसकारणले कर्मचारीहरुले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्नुपर्दछ ।”

कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमअनुसार काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । सरकारको मुल नीतिअनुसार कर्मचारीले काम नगर्दा जनस्तरबाट सरकारको आलोचना हुने गरेको उनले बताए ।

उनले थपे, “कर्मचारी साथीहरुले सरकारको नीति अनुसार काम गरेन भने सरकारको आलोचना हुन्छ । कर्मचारीहरु वा सम्बन्धित निकायले अपेक्षाकृत परिणाम दिन नसक्दा त्यसको आक्रोश पनि राजनीतिक दलमाथि पर्न जान्छ । उनले सबै दल र नेतृत्व लामो राजनीतिक संघर्षबाट उदय भएकाले उनीहरुको योगदानको समेत अवमूल्यन हुने खतरा भएको भन्दै मन्त्री मोदीले भने, “सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजान खोज्दा समेत सरकारले अहिले जस पाइरहेको छैन, राजनीतिक आन्दोलनबाट उदाएका नेतृत्वको मूल्यांकन समेत हुन छाडेको छ ।”

कर्मचारीहरुले आफ्नो अधिकारभन्दा पहिले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नेतिर ध्यान दिनुपर्ने बताए । “तपाईहरु ट्रेड युनियनमार्फत् आफ्नो अधिकारको लडाईमा लाग्नुहुन्छ, तर तपाईहरुले पहिले जनतालाई सेवा प्रवाह गरेर मात्रै राजनीतिक काममा क्रियाशील हुनुपर्छ ।”


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?