Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

प्रारम्भिक अध्ययनमा हेटौँडामा ६३ बाल श्रमिक भेटिए


१५ वैशाख, मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा ६३ जना बालश्रमिक रहेको पाइएको छ । उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार पहिलो चरणमा १९ वटै वडामा सङ्कलन गरिएको प्रारम्भिक तथ्याङ्कमा ६३ जना बालबालिकामा श्रममा रहेको पाइएको हो ।

वडागत विवरणअनुसार सबैभन्दा बढी वडा नम्बर ४ मा नौ जना छन् भने वडा नं ६ मा १२ जना छन् । साथै वडा नं १६ मा भने बाल श्रमिक नभेटिएको प्रमुख लाछिानेले भने । उनले बाल श्रमिकमा बालक ५५ जना र बालिका आठ जना रहेको जानकारी दिए ।

अठार वर्षमुनिका बालबालिकालाई श्रममा लगाइएको कानुनले बन्देज गरेको छ । कूल ६३ जनामा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका पाँच जना र १२ वर्षका तीनजना बाल श्रमिक छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका सात जना र एक जनाका विवरण नखुलेको प्रमुख लामिछानेले बताए ।

उनीहरुमध्ये मोटर ग्यारेजमा काम गर्ने बाल श्रमिक २२ जना, रेष्टुराँ, होटल र ब्याङ्केटमा १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा सातजना, घरायसी काममा तीनजना, कवाडी र फ्याक्ट्रीमा दुई÷दुई जना र अन्यमा तीन जना रहेको पाइएको छ ।

तथ्याङ्क सङ्कलनका क्रममा बाल श्रमिकमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने छ जनाले पढ्न चाहेको र पाँच जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने, नौ जनाले आफूलाई मात्र खर्च गर्ने गरेको, नौ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धुम्रपान मद्यपानमा खर्चने गरेको जनाएको छ ।

तथ्याङ्कअनुसार बाल श्रमिकले कामबापत न्यूनतम खान र बस्नदेखि अधिकतम मासिक रु १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् । हेटौँडा उपमहानगरले वडावडामा बाल सहजकर्ता राखेर बालबालिकासम्बन्धी सूचकमा तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

हेटौँडा महानगरपालिकाले ‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ मङ्सिर महिनाको अन्ततिर बालमैत्री घोषणा गर्ने तयारीमा रहेको प्रमुख लामिछानेले बताए।


प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?