Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने


१९ चैत ,काठमाडौँ । सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन विश्वविद्यालय विद्येयक निर्माण समिति बनेको छ ।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजिव गौतम रहेका छन्‌ । सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहनेगरी समिति बनाइएको हो ।

यस्तै डा.मानबहादुर विश्वकर्मको संयोजकत्वमा पाँच सदस्यीय रैथाने विश्वविद्यालय विद्येयक तर्जुमा समिति गठन गरिएको छ । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका एक जना परिषद सदस्य रहेका छन्‌ ।

सदस्य सचिव सांस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ । समितिलाई विद्येयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ ।

यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ । पर्यटन पवद्र्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको पर्यटन विश्वविद्यालय आवश्यक रहेको पर्यटनमन्त्री किरातीले बताए ।

यसका साथै मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकुल वैज्ञानिकिकरणका लागि रैथाने विश्वविद्यालय स्थापना गरिने मन्त्री किरातीले बताए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?