Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पर्यटन र रैथाने विश्वविद्यालय स्थापना गरिने


१९ चैत ,काठमाडौँ । सरकारले पर्यटन र रैथाने विश्वविद्यालय स्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विद्येयक तर्जुमा समितिसमेत गठन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव सुरेश अधिकारीको संयोजकत्वमा सात सदस्यीय पर्यटन विश्वविद्यालय विद्येयक निर्माण समिति बनेको छ ।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजिव गौतम रहेका छन्‌ । सदस्य सचिव नाथमका कार्यकारी निर्देशक रहनेगरी समिति बनाइएको हो ।

यस्तै डा.मानबहादुर विश्वकर्मको संयोजकत्वमा पाँच सदस्यीय रैथाने विश्वविद्यालय विद्येयक तर्जुमा समिति गठन गरिएको छ । सदस्यहरूमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्राज्ञ प्रतिष्ठानका एक जना परिषद सदस्य रहेका छन्‌ ।

सदस्य सचिव सांस्कृतिक महाशाखाका प्रमुख रहने बैठकले निर्णय गरेको छ । समितिलाई विद्येयक मस्यौदा निर्माणका लागि ४५ दिनको समय दिइएको छ ।

यसअघि पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी प्रक्रिया अगाडि बढाइएको छ । पर्यटन पवद्र्धन गरेर मात्र देशलाई आर्थिक विकास गर्न सकिने भएको पर्यटन विश्वविद्यालय आवश्यक रहेको पर्यटनमन्त्री किरातीले बताए ।

यसका साथै मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकुल वैज्ञानिकिकरणका लागि रैथाने विश्वविद्यालय स्थापना गरिने मन्त्री किरातीले बताए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?