Trending
>>   आज मिति २०८१ साल चैत्र ०२ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   प्रचण्डले विदेशीको इसारामा तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको ज्ञानेन्द्र शाहीको आरोप >>   पूर्वविशिष्टलाई आजीवन सुविधा दिन लागेको भन्दै अनर्गल प्रचार गरियोः उपप्रधानमन्त्री सिंह >>   राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित >>   संवैधानिक राजसंस्था र जनताको सर्वोच्चतासहितको प्रजातन्त्र आवश्यकः डा. लोहनी >>   विदेश भ्रमण जान रोक लगाउनु मानव अधिकार विपरित कार्य हो–एनओसी >>   ‘भक्तलाल श्रेष्ठका सन्तान गंगालाल, पुष्पलाल र हामी’ विमोचन >>   माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना >>   साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी >>   नेपाल राजनीतिक परिवर्तनको संघारमा छः अध्यक्ष लिङदेन
Logo
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार

प्रचण्डले विदेशीको इसारामा तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको ज्ञानेन्द्र शाहीको आरोप


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशीको इसारामा र तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको आरोप लगाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्:
प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ?जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16 , Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो? तपाईंले गर्यो ।विदेशीको इशारामा मन्दिरका ,गुम्बाका पुजारी,लामालाई कसले घाँटी रेटयो? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ।
तर यस्तै भट्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्। त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?