Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

प्रचण्ड हराएः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लाग्नुभएको आरोप लगाएका छन् ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेको बताए । उनले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहनुभएको जिकिर गरे । उनले प्रतिपक्ष दलहरु संसद अवरुद्ध गर्ने मनोभावमै रहेको बताउँदै संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोक्न नहुने बताए । उनले विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको बताए ।

अध्यक्ष ओलीले भने , ‘भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरुको बीचमा अलिकति छलफलहरु पनि गरौँ भनेर । उहाँ सम्पर्क आउन चाहि रहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजि गर्दा पनि फेला पर्नुभएको छैन । उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर, देशको, विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’

अध्यक्ष ओलीले यस्ता नचाहिने कामहरु रोक्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?