Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रचण्ड हराएः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लाग्नुभएको आरोप लगाएका छन् ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो बताएका हुन् । उनले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेको बताए । उनले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहनुभएको जिकिर गरे । उनले प्रतिपक्ष दलहरु संसद अवरुद्ध गर्ने मनोभावमै रहेको बताउँदै संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोक्न नहुने बताए । उनले विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको बताए ।

अध्यक्ष ओलीले भने , ‘भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ । हामी लिडरहरुको बीचमा अलिकति छलफलहरु पनि गरौँ भनेर । उहाँ सम्पर्क आउन चाहि रहनुभएको छैन । उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजि गर्दा पनि फेला पर्नुभएको छैन । उहाँहरु कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर, देशको, विकासको गतिलिाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ ।’

अध्यक्ष ओलीले यस्ता नचाहिने कामहरु रोक्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?