Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

प्रधानमन्त्री ओलीको दाबीः देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र छैन


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र नभएको बताएका हुन् ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नचाहिने कुरामा सरकारको ध्यान नभएको दाबी गरे । उनले सरकार देशमा सुशासन र विकासको काममा लागेको भन्दै यसको विरोध नगर्न आग्रह गरे । रचनात्मक ढंगले आलोचना गर्न विपक्षी दलहरुसँग आग्रह गरे । कसैले राजीनामा माग्यो तर राजीनामा आएन भनेर स्ंसद बन्द नहुने बताए । यो कदम प्रतिगामी कदम भएको र यसले प्रतिगमन्लाई सहयोग पुग्ने जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारको देशमा विकास र सुशासनबाहेक केहीमा ध्यान नै छैन । नचाहिने कुरामा सरकारको ध्यान छैन । यस काममा लागेको छ सरकार । हामी सबै देशमा सुशासन र विकासको काममा लागौँ । रचनात्मक ढंगले आलोचना गर्नुस् ठिक छ, तर अर्घेला कुरा गरेर राजीनामा कसैको माग्यो, राजीनामा गरेन भने संसद बन्द ? त्यो हुँदैन । यो प्रतिगमनलाई सहयोग हो, प्रतिगामी कदम हो । असंवैधानिक क्रियाकलाप हो । संविधान विपरितको, व्यवस्था विपरितको, लोकतन्त्रको मर्यादा विपरितको कदम हो यो ।’

अध्यक्ष ओलीले लाकेतन्त्रको मर्यादा विपरितको कदम चाल्न नहुने बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?