Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

विपक्षी दलहरुलाई ओलीको चेतावनीः ज्यादती अब सह्य हुँदैन,संसद चल्छ


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलहरुको ज्यादती अब सह्य नहुने चेतावनी दिनुभएको छ ।

संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले अहिले केही नपाएर अब गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताए । उनले गृहमन्त्रीमाथि कुनै तथ्य, प्रमाण नरहेको भएपनि एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो भनेको भरमा राजीनामा मागेर संसद अवरुद्ध गर्न नहुने बताए । गृहमन्त्रीमाथि रिस उठेको भरमा राजीनामा मागेर राजीनामा नआउने बताए । मंगलवारको संसदमा विपक्षी राजनीतिक दलहरुले विरोध जनाएपछि कारबाही अघि बढ्ने बताएका छन् ।

अध्यक्ष ओलीले भने , ‘अहिले केही नपाएर अब गृहमन्त्रीको राजीनामा ? केही तथ्य, केही प्रमाण केहीले गृहमन्त्रीलाई छुनुपर्छ । केहीले छोएको छैन, केही भएको छैन, एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे, भनेका भरमा के सोध्यो पनि थाहा छैन । बयान लिएको छैन । त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ,गृहमन्त्री त्यसकारण राजीनामा गर्नुपर्छ यस्ता कुराले संसद अवारोध हुँदैन । म स्पष्ट भन्न चाहन्छु । तपाईंहरु मेण्टल्ली तयार भएर बस्नुस् । यसरी संसद अवरोध हुँदैन । यसरी संसद अवरोध चल्दैन यो । जहिले पनि संसद अवरोध, जहिले पनि संसद अवरोध, दुई जना उठ्यो, करायो, हल्ला ग¥यो, संसद अवरोध ? संसद अवरोध त्यसरी हुन सक्दैन । उहाँहरु कराउनु होला, तर संसद अघि बढाउनुपर्छ । धेरै भयो उहाँहरुको ज्यादती पनि धेरै भयो । अत्ति नै भयो । उहाँहरुलाई सडक पनि चाहिएकै छ, त्यहाँ पनि वितण्डा खडा गर्ने भएको छ । त्यहाँ पनि बाटो जाम गर्नै भएको छ । अनि जो बोल्छ, जसले अलिकति कुरा गर्दछ, कसैले बोल्यो, आफ्ना माग बोल्यो भने मेरो समर्थन छ भनेर त्यहाँ कुदेर पुग्छ । कोही माईतीघर मण्डलामा आयो अरे भनेको सुनेपछि पुगिहाल्छन् । साइँलाले पैसा सापटी लिएको मलाई तिरेन भनेर माईतीघर मण्डलामा कोही आयो भने विपक्षी पार्टी सबै कुदेर पुग्ने, हामी साथमा छौँ, आन्दोलन नछोड्नुस्, सरकारले धोका दिनसक्छ, माग पूरा गराएरै छोड्नु्स्, पैसा पाउनुपर्छ, यस्तो तरिका छ, यो तरिका होइन ।’

अध्यक्ष ओलीले विपक्षी दलहरुले संसद र सडकमा वितण्डा खडा गरेको बताए ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?