Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

’डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’


काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताएका छन् ।

सोमवार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धिको छलफलमा उहाँले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्नेगरी विधेयक ल्याइएको बताए । डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरु पुरानो ऐनले नचल्ने बताए ।

सहसचिव पोखरेलले भने ‘नयाँ विषयहरु डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई अहिलेको पुरानो ऐनले चिन्दैन । त्यसैले बाफिया विधेयकमा ती विषयहरु राखिएको छ । ६७ खर्ब बैंकमा सर्वसाधारणको निक्षेप छ, त्यसैले पनि त्यसलाई संरक्षण गर्नका लागि वाफियाको विधेयक ल्याइएको छ ।’

उनका अनुसार सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर बाफिया ऐन ल्याइएको हो । यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?