Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

’डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न नयाँ बाफिया चाहियो’


काठमाडौँ। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकमा डिजिटल करेन्सीदेखि डिजिटल कारोबारलाई नियमन गर्न खोजिएको बताएका छन् ।

सोमवार अर्थ समितिमा भएको बाफिया विधेयकसम्बन्धिको छलफलमा उहाँले डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई नियमन गर्नैपर्ने भएकाले तिनलाई सम्बोधन गर्नेगरी विधेयक ल्याइएको बताए । डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरु पुरानो ऐनले नचल्ने बताए ।

सहसचिव पोखरेलले भने ‘नयाँ विषयहरु डिजिटल करेन्सी, डिजिटल बैंकिङजस्ता विषयहरुलाई अहिलेको पुरानो ऐनले चिन्दैन । त्यसैले बाफिया विधेयकमा ती विषयहरु राखिएको छ । ६७ खर्ब बैंकमा सर्वसाधारणको निक्षेप छ, त्यसैले पनि त्यसलाई संरक्षण गर्नका लागि वाफियाको विधेयक ल्याइएको छ ।’

उनका अनुसार सहकारीमा जस्तै जनताको पैसा बैंकमा डुब्न नदिन केही कडा प्रावधान राखेर बाफिया ऐन ल्याइएको हो । यसलाई संसदीय समितिले छिटो टुंग्याउनुपर्छ ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?