Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति रिहा


एजेन्सी। अदालतको रिहाइ स्वीकृति विरुद्ध अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शनिवार रिहा गरिएको छ ।

युन कालो गाडीबाट ओर्लिए र सियोलबाट लगभग २० किलोमिटर दक्षिणमा रहेको उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट बाहिर निस्किए । हात हल्लाएर बाटोमा उभिएका आफ्ना समर्थकहरूलाई नमन गरेको देखिएको छ । मध्य सियोलमा रहेको राष्ट्रपति निवासमा आइपुगेपछि महाभियोग लगाइएका नेता आफ्ना समर्थकहरूसँग हात मिलाउन फेरि गाडीबाट ओर्लिएका छन् ।

फेब्रुअरी ४ मा उनको कानूनी टोलीले गरेको नजरबन्द रद्ध गर्न युनको अनुरोधलाई स्वीकार गर्दै सियोल केन्द्रिय जिल्ला अदालतले पक्राउ परेका राष्ट्रपतिको रिहाइलाई स्वीकृति दियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयबाट पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको शंकास्पद नेताको रूपमा हिरासतमा राखिएको थियो ।

अभियोजकहरूले जनवरी २६ मा स्थानीय समय अनुसार साँझ ६ः५२ बजे युन विरुद्ध आरोप लगाएका थिए । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो ।

युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो र त्यसबेलादेखि संवैधानिक अदालतले युनको महाभियोगमा ११ वटा सुनुवाइ गरिसकेको छ जसको अन्तिम फैसला अर्को हप्ता आउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?