Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति रिहा


एजेन्सी। अदालतको रिहाइ स्वीकृति विरुद्ध अभियोजन पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शनिवार रिहा गरिएको छ ।

युन कालो गाडीबाट ओर्लिए र सियोलबाट लगभग २० किलोमिटर दक्षिणमा रहेको उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट बाहिर निस्किए । हात हल्लाएर बाटोमा उभिएका आफ्ना समर्थकहरूलाई नमन गरेको देखिएको छ । मध्य सियोलमा रहेको राष्ट्रपति निवासमा आइपुगेपछि महाभियोग लगाइएका नेता आफ्ना समर्थकहरूसँग हात मिलाउन फेरि गाडीबाट ओर्लिएका छन् ।

फेब्रुअरी ४ मा उनको कानूनी टोलीले गरेको नजरबन्द रद्ध गर्न युनको अनुरोधलाई स्वीकार गर्दै सियोल केन्द्रिय जिल्ला अदालतले पक्राउ परेका राष्ट्रपतिको रिहाइलाई स्वीकृति दियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयबाट पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको शंकास्पद नेताको रूपमा हिरासतमा राखिएको थियो ।

अभियोजकहरूले जनवरी २६ मा स्थानीय समय अनुसार साँझ ६ः५२ बजे युन विरुद्ध आरोप लगाएका थिए । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गरेका थिए । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो ।

युनलाई महाभियोग लगाउने प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो र त्यसबेलादेखि संवैधानिक अदालतले युनको महाभियोगमा ११ वटा सुनुवाइ गरिसकेको छ जसको अन्तिम फैसला अर्को हप्ता आउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?