Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

किसानलाई कृषि उपकरण प्रदान


१९ चैत ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

बुटवल उपमहानगरपालिका–१४ मोतीगञ्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्जमकै पकेट सञ्चालन समन्वय समितिलाई उपकरण तथा सामग्री हस्तान्तरण गरे ।

त्यस अवसरमा नगरप्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउनका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । नगरप्रमुख पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राख्ने बताए ।

बुटवल उपमहानगरपालिकाले रु ११ लाख २२ हजार अनुदान दिएर किसानलाई प्रोत्साहन गरेको उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए । उनले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषियन्त्र आदिमा ५० प्रतिशत अनुदान उपमहानगरले दिएको बताए ।

मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी तीन जातका हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकैखेती राम्रो उत्पादन भएको बताए ।


प्रकाशित मिति: १९ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?