Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय : अध्यक्ष केसी


१८ चैत ,गलकोट। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका कारण नयाँ शक्ति उदय भएको टिप्पणी गरेका छन्‌ ।

पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसदसमेत रहेका नेता केसीले राजनीतिमा सत्ता र शक्तिबाहेक अरु केही चिन्ता नगर्नेहरूबाट विकासको आश गर्नु गलत भएको बताए। बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनमा नेता केसीले नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा जागेको बताए ।

“अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादीयुक्त तरकारी आयातमा रोक लगाउनुपर्छ, अहिले सरकारले त्यो गर्न सकेको छैन”, नेता केसीले भने, “मान्छेले घर छाडेपछि बाँदर भित्रियो, अहिले बसाइँसराइले गाउँ खाली भएको छ, स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

विज्ञहरुको सुझावका आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शङ्का नरहेको बताउँदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको बताए ।


प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?