Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहाल


१७ चैत ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाएका छन्‌ ।

रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा यहाँ आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले भने, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”

प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भने, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”

विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उनले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मुलुकका सामु समस्या भए पनि अब सबैले मिलेर समाधान गरिने विश्वास व्यक्त गर्दै भने, “सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ, गत साल नेपालमा श्रीलङ्का बन्छ भन्ने आतङ्क जस्तो थियो, हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौँ ।”

उनले नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देशको परिस्थितिमा सुशासन र न्यायका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?