Trending
>>   अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी >>   उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं– इन्दु बर्मा >>   सरकारले न्यायाधीशहरुको नियुक्ति समावेशी आधारमा गर्छः कानूनमन्त्री चौरसिया >>   पूर्वराष्ट्रपति भण्डारी दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित होइन : प्रदीप ज्ञवाली >>   समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने >>   आफु बेइमानहरुबाट ठगिएको टिप्पणी गर्दै बाबुरामले भने-प्रचण्डनै मलाई सिध्याउने षड्यन्त्रमा लागे >>   सम्पती शुद्धिकरणको मुद्दा लगाइ सांसदबाट रविलाई निलम्वन गर्ने निर्णयको रास्वपाले बिरोध गर्ने >>   केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि >>   लैनचौरस्थित शहीदहरुको शालिकमा प्रधानमन्त्री ओलीद्वारा माल्यार्पण( फोटो फिचर) >>   एच.पि.भी. खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला
Logo
१६ माघ २०८१, बुधबार
१६ माघ २०८१, बुधबार

माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएः काँग्रेस प्रमुख सचेतक घिमिरे


काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारेका छन् । बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए ।

सोही कुराको खण्डन गर्दै उनले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए ।

उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?