Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

पूर्वराष्ट्रपति भण्डारी दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित होइन : प्रदीप ज्ञवाली


काठमाडौँ। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच बुधवार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा उचित नहुने बताएका छन् । उनले राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु भएको उल्लेख गर्दै उक्त संस्थाहरुलाई सुदृढिकरण गर्दै थप मर्यादित बनाउनु सबैको कर्तव्य रहेको समेत बताउदै उनले पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष पदमा लड्ने गरी एमालेमा सक्रिय हुन लागेको भाष्य निर्माण गरिएको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको बताएका छन् । उनले पार्टीमा पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने नफर्किने विषयमा कुनै छलफल र बहस नभएको समेत स्पष्ट पारेका छन् ।

उनले भने, ‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रुपमा नवोदित संस्थाहरु हो । त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो । यस मामलामा सम्माननीय पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरु सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु । सामान्यतः संवैधानिक राष्ट्रअध्यक्षहरु मुलुककै अभिभावक हो । त्यसअर्थमा नेकपा एमालेको अभिभावकको रुपमा पूर्वराष्ट्रपति हुनुहन्छ नै । तर मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भुमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिन । सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिन । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ । तर तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिष्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्नेकुरा चाहीँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउनसक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन ।’

उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताउंदै सत्य समाचारको रक्षा गर्न तथा मिथ्या सूचनाको बाढी रोक्नको लागि सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको समेत बताए ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?