Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

केपी ओली कपको तेस्रो संस्करण फागुन ११ देखि


काठमाडौँ। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनको दोस्रो सातादेखि शुरू हुने भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कपको तेस्रो संस्करण हुन लागेको हो । युवा संघले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लव र विदेशी गरी कुल १० टोलीले प्रतिष्पर्धा गर्नेछन् । आयोजककाअनुसार प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएका छन् ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले युवालाई खेलकुदमा जोड्ने उद्देश्यअनुरूप युवा संघका संस्थापकको नामबाट प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए । विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयां र उपविजेताले पाँच लाख रूपैयांसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउने आयोजकको भनाइ छ । म्यान अफ दी म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन् । हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?