Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एच.पि.भी. खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ ।

सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो । सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताएका छन् । उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए ।

उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिंदै खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए । उनले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहनु हुने बताउंदै मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको र उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्दै नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए ।

उनले भने, ‘एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेका छौँ । ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुग्नुभएन भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउंदै उनले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् ।

सरकारले आउँदो माघ २२ गतेदेखि एच.पि.भी. खोप अभियान शुरु गर्दैछ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?