Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

एच.पि.भी. खोप अभियानको सद्भावना दुतमा अभिनेत्री मनिषा कोईराला


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एच.पि.भी. खोप अभियानका लागि अभिनेत्री मनिषा कोईरालालाई सद्भावना दुत नियुक्त गरेको छ ।

सरकारले अभिनेत्री कोईरालालाई राष्ट्रिय खोप कार्यक्रम तथा एच.पि.भी. खोप अभियानका लागि सद्भावना दुत नियुक्त गरेको हो । सोही अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो अभियानको शुरुवात गरिएको बताएका छन् । उनले नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने बताए ।

उनले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेको र ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइने जानकारी दिंदै खोप लगाउने अवधिभित्र विद्यालयमा नपुगेको खण्डमा वडामा उपलब्ध गराइने बताए । उनले अभिनेत्री कोईराला यसपछि पनि तीन वर्षसम्म सञ्चालन हुने सबैखाले खोप अभियानहरुमा सद्भावना दुत रहनु हुने बताउंदै मन्त्री पौडेलले नेपाललाई सबै खाले क्यान्सरमुक्त बनाउने अभियान प्रभावकारी बनाउने उद्देश्यअनुसार काम गरिरहेको र उपचारात्मक क्षेत्रमा मात्र नभइ निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्दै नेपालीलाई रोगी हुन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको बताए ।

उनले भने, ‘एच.पि.भी. खोप देशव्यापी रुपमा अघि बढाउनका लागि यो कार्यक्रम शुरु गरिएको हो । नेपालमा १० वर्षदेखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरुलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भ्याक्सिन उपलब्ध गराउने छ । हामीले भ्याक्सिन उपलब्ध गराउने केन्द्रका रुपमा विद्यालयहरुलाई राखेका छौँ । ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरुलाई यो खोप उपलब्ध गराइनेछ । १० देखि १४ वर्ष उमेर समूहका खोप लगाउने अवधिभित्र पुग्नुभएन भने वडामा उपलब्ध गराइनेछ । यसको प्रचारप्रसार जरुरी छ । कोही पनि नछुट्ने स्थिति निर्माण गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री मनिषा कोईरालाले यस खोप अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको बताउंदै उनले यसको महत्वबारे स्पष्ट पार्दै अभियानमा सहभागी हुने बताइन् ।

सरकारले आउँदो माघ २२ गतेदेखि एच.पि.भी. खोप अभियान शुरु गर्दैछ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?