Trending
>>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली >>   धादिङ बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी


काठमाडौँ। विभागीय टोली एपिएफ क्लव अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपिएफ महिला लिगभर विपक्षीविरुद्ध दबाब बनाउँदै लिगको सबैभन्दा उत्कृष्ट टोली बन्न सफल भयो । लिगका कुल १९ खेल खेल्दा एपिएफले १८ जित र एक बराबरीको नतिजा सामना ग¥यो । एपिएफ एक मात्र जितविहीन लिगचरणमा पुलिसविरुद्ध नै भएको हो । त्यसबाहेक अन्य खेल भने एपिएफको पक्षमा रह्यो । आक्रामक अग्रपंक्तिको साथ पाएपछि एपिएफले लिगभर विपक्षीको पोस्टमा कुल १०२ गोलको वर्षा गर्यो ।

डिफेन्समा पनि उत्कृष्ट भएको एपिएफले कुल ६ गोल मात्र सामना गरेको छ । लिग चरणमा पुलिससँग गोलरहित बराबरी खेल्दाबाहेक सबै खेलमा एपिएफले गोल गरेको छ । यस सिजन पुलिससँग एपिएफ चौथो पल्ट प्रतिष्पर्धा गरेको हो । फाइनलमा पनि पुलिसले एपिएफलाई रोक्न प्रयास गरे पनि सफल भएन । पुलिस ६३ औं मिनेटसम्म एपिएफको आक्रमणलाई रोक्न सफल रह्यो । त्यसपछि एपिएफ पूर्ण हाबी भयो र चार गोल ग¥यो । एपिएफका सविता रानामगरले दुई गोल गरिन् । सरु लिम्बू र अनु लामाले समान एक गोल गरे । त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो । अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै बललाई जालीको दिशा देखाइनन् । यो गोल पछि एपिएफ आक्रामक बन्यो । त्यसको पाँच मिनेटपछि नै दोस्रो गोल गर्यो । सरुले एपिएफको अग्रता दोब्बर बनाइन् । रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्कियो । त्यही बललाई सरुले फिनिसिङ गरिन् । ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । प्रीति राईले मध्यभागभन्दा तलबाट दिएको लामो क्रस सुदयोग गर्दै उनले गोलमा गरेकी हुन् ।

इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् । उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । यो खेलबाट नै अनुले आफ्नो घरेलु फुटबलको करियरबाट पनि सन्यास घोषणा गरिन् । उनले सन् २०१९ मा नै राष्ट्रिय टोलीबाट सन्यास लिएकी थिइन् । प्रतियोगितामा एपिएफकै खेलाडी विधागत पुरस्कार हाबी भए । एपिएफकी सर्वात्कृष्ट खेलाडी सबिता रानामगर भइन् । उनले एक लाख नगद पुरस्कार र ट्रफी पाइन् ।

उत्कृष्ट गोलकिपर एपिएफकी साबित्री किसन र सर्वाधिक गोलकर्ता (३५ गोल) पनि एपिएफकै रश्मिकुमारी घिसिङ भइन् । दुवैले समान ५० हजार रुपैयाँ पाए । विजेता एपिएफले ११ हजार र उपविजेता पुलिसले पाँच लाख पायो । प्रतियोगिताका विजेता परराष्ट्रमन्त्री आरजु देउवा राणा, पूर्वमन्त्री मोहन बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय अञ्जना श्रेष्ठ मास्के र भानबहादुर चन्द र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले पुरस्कृत गरेका थिए ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?