Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

अपराजित रहँदै एपिएफ च्याम्पियन, विधागत पुरस्कारमा पनि एपिएफ हाबी


काठमाडौँ। विभागीय टोली एपिएफ क्लव अपराजित रहँदै एन्फा महिला लिग फुटबलको च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधवार सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लवलाई ४–० ले हराउँदै च्याम्पियन भएको हो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपिएफ महिला लिगभर विपक्षीविरुद्ध दबाब बनाउँदै लिगको सबैभन्दा उत्कृष्ट टोली बन्न सफल भयो । लिगका कुल १९ खेल खेल्दा एपिएफले १८ जित र एक बराबरीको नतिजा सामना ग¥यो । एपिएफ एक मात्र जितविहीन लिगचरणमा पुलिसविरुद्ध नै भएको हो । त्यसबाहेक अन्य खेल भने एपिएफको पक्षमा रह्यो । आक्रामक अग्रपंक्तिको साथ पाएपछि एपिएफले लिगभर विपक्षीको पोस्टमा कुल १०२ गोलको वर्षा गर्यो ।

डिफेन्समा पनि उत्कृष्ट भएको एपिएफले कुल ६ गोल मात्र सामना गरेको छ । लिग चरणमा पुलिससँग गोलरहित बराबरी खेल्दाबाहेक सबै खेलमा एपिएफले गोल गरेको छ । यस सिजन पुलिससँग एपिएफ चौथो पल्ट प्रतिष्पर्धा गरेको हो । फाइनलमा पनि पुलिसले एपिएफलाई रोक्न प्रयास गरे पनि सफल भएन । पुलिस ६३ औं मिनेटसम्म एपिएफको आक्रमणलाई रोक्न सफल रह्यो । त्यसपछि एपिएफ पूर्ण हाबी भयो र चार गोल ग¥यो । एपिएफका सविता रानामगरले दुई गोल गरिन् । सरु लिम्बू र अनु लामाले समान एक गोल गरे । त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो । अनिता केसीसँग तालमेल मिलाउँदै सरु लिम्बूले दिएको क्रसमा सविताले सहजै बललाई जालीको दिशा देखाइनन् । यो गोल पछि एपिएफ आक्रामक बन्यो । त्यसको पाँच मिनेटपछि नै दोस्रो गोल गर्यो । सरुले एपिएफको अग्रता दोब्बर बनाइन् । रश्मिकुमारी घिसिङको हेडर बारमा लागेर फर्कियो । त्यही बललाई सरुले फिनिसिङ गरिन् । ८३ औं मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्यो । प्रीति राईले मध्यभागभन्दा तलबाट दिएको लामो क्रस सुदयोग गर्दै उनले गोलमा गरेकी हुन् ।

इन्जुरी समयमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेकी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् । उनी ८७औं मिनेटमा रेनुका नगरकोटेको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । यो खेलबाट नै अनुले आफ्नो घरेलु फुटबलको करियरबाट पनि सन्यास घोषणा गरिन् । उनले सन् २०१९ मा नै राष्ट्रिय टोलीबाट सन्यास लिएकी थिइन् । प्रतियोगितामा एपिएफकै खेलाडी विधागत पुरस्कार हाबी भए । एपिएफकी सर्वात्कृष्ट खेलाडी सबिता रानामगर भइन् । उनले एक लाख नगद पुरस्कार र ट्रफी पाइन् ।

उत्कृष्ट गोलकिपर एपिएफकी साबित्री किसन र सर्वाधिक गोलकर्ता (३५ गोल) पनि एपिएफकै रश्मिकुमारी घिसिङ भइन् । दुवैले समान ५० हजार रुपैयाँ पाए । विजेता एपिएफले ११ हजार र उपविजेता पुलिसले पाँच लाख पायो । प्रतियोगिताका विजेता परराष्ट्रमन्त्री आरजु देउवा राणा, पूर्वमन्त्री मोहन बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यद्वय अञ्जना श्रेष्ठ मास्के र भानबहादुर चन्द र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईले पुरस्कृत गरेका थिए ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?