Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने


काठमाडौँ। समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ ।

बुधवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चैत्र पहिलो हप्ता मधेसमा जन प्रदर्शनसहितको कार्यक्रम गर्ने निर्णय भएको पनि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । उनकाअनुसार समाजवादी मोर्चाले फागुन अन्तिमसम्म समाजवादी मोर्चाको बारेमा जानकारी गराउने उद्देश्यले समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय भएको छ ।

त्यस्तै समाजवादी मोर्चामा मोहनविक्रम सिंहको पार्टी र अन्य पार्टीहरुसलाई भित्र्याउन छलफल अघि बढाउने निर्णय भएको बताउदै बैठकले वर्तमान सरकार गणतन्त्रबिरोधी रुपमा देखिएको निस्कर्ष निकालेको छ । बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउने, मधेस प्रदेशमा मोर्चामा सहभागी चार वटै राजनीतिक दलहरुलाई समाजवादी मोर्चा पुनःगठन गर्ने जिम्मा दिने र देशभर मोर्चा गठन गर्न बाँकी भएका ठाउँमा नेपाल समाजवादी पार्टीलाई संलग्न गरेर समाजवादी मोर्चा गठन गर्ने निर्णय भएको बताए ।

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति, डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग सरकारले गरेको सहमति र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न दबाब दिने निर्णय भएको पनि बताए ।

बैठकले मंगलवार मोर्चाले गरेको कार्यक्रमको समीक्षा गर्दै कार्यक्र म भव्य भएको निस्कर्ष निकालेको छ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?