Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

आफु बेइमानहरुबाट ठगिएको टिप्पणी गर्दै बाबुरामले भने-प्रचण्डनै मलाई सिध्याउने षड्यन्त्रमा लागे


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताएका छन् ।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताउंदै बेतत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

उनले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गर्दै मधेसवादी र क्षेत्रीय दलहरु आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत स्पष्ट पारेका छन् । उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरुसँग सहकार्य गरेपनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।

अध्यक्ष भट्टराईले भने, ‘हामीले जुन वैकल्पित शक्ति निर्माण गरेका छौं । त्यसमा केही बाँगो टिंगो भयो । त्यसमा हामीले बेइमानहरुसँग सहकार्य गरेर ठगिएका मात्र हौं हामीले अरु केही गल्ति गरेका होइनौं । हामीले सिद्धान्त र विचार छोडका होइनौं । खालि के हो भनेदेखि संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरु बाँकी पनि छन् । राजावादीहरुले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन । यस्तो बेलामा हामी भित्रै गडबडी भइरह्यो भने यही पनि गुम्छ कि भनेर हामीले तिनलाई साथ दिएको हो । तर हामीले एकता भनेका छैनौं । बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग मिल्ने कहिले भनेकै छैन । सहकार्य गरेको हो त । मधेसवादी र क्षेत्रीय दलहरु समेत आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको हो । तर उहाँहरु धेरे पर पुगिसक्नुभएको छ । त्यसैले अर्को माओवादी आन्दोलनका नेतालाई त म राम्रोसँग चिन्छु । त्याभित्र भएको संकट तपाईले देख्नुभएकै छ । जति छोपेपनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेला बेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिनको लागि उहाँहरुसँग हामीले सहकार्य गरेका हौँ । तर उनीहरु हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौं । जानेवाला छैनौं । पुरानाहरुसँगको सहकार्य सफल र उपयोगि भएन । यसबाट पाठ सिकेर पुरानाहरु सुध्रिने र सहकार्य गर्ने सम्भावना रहेन । वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर देशलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पछिल्लो निष्कर्ष हो ।’

उनले अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकल राजनीति गर्न युवाहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?