Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं– इन्दु बर्मा


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीवारदेखि शुरु हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला जित्ने बताएकी छिन्।

नेपालले बिहीवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्दैछ । प्रतियोगिताअगाडि बुधवार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडी र यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका नेपालकी कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन् । पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने उनको विश्वास छ ।

नेपालकी कप्तान इन्दुले ब्याटिङमा सुधार गर्नका लागि पनि यो श्रृंखला धेरै महत्वपूर्ण रहेको उल्लेख गरिन् । महिला क्रिकेटमा पनि मैदानसम्म आएर हौसला बढाउन कप्तान इन्दुले आह्वान गरिन्। घरेलु मैदानमा हुन लागेकाले आफूहरूको लागि केही सहज हुने पनि उहाँको आशा छ । उहाँले नेपालको यु–१९ महिला टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरेर फर्किएको उल्लेख गर्दै यो सिनियर स्तरको ब्याक अप रहेको बताइन् ।

थाईल्यान्ड महिला क्रिकेट टोलीकी कप्तान नारुइमोल चाइवाईले श्रृंखला जित्ने गरी प्रदर्शन गर्ने बताइन् । नेदरल्याण्ड्की कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएकी छिन् । नेपालले बिहीवार नेदरल्याण्ड्सँग नै खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?