Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

उत्कृष्ट प्रदर्शन गर्दै त्रिकोणात्मक शृंखला जित्छौं– इन्दु बर्मा


काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफ्नो टोली सन्तुलित रहेकाले बिहीवारदेखि शुरु हुने त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखला जित्ने बताएकी छिन्।

नेपालले बिहीवारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित टी ट्वान्टी क्रिकेट श्रृंखला खेल्दैछ । प्रतियोगिताअगाडि बुधवार कप्तानसँग भएको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान इन्दुले भर्खर प्रधानमन्त्री कप क्रिकेट खेलेका खेलाडी र यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका नेपालकी कप्तान पूजा महतोसँगै दुई खेलाडी रहेकाले आफ्नो टोली सन्तुलित रहेको बताइन् । पूर्ण सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने उनको विश्वास छ ।

नेपालकी कप्तान इन्दुले ब्याटिङमा सुधार गर्नका लागि पनि यो श्रृंखला धेरै महत्वपूर्ण रहेको उल्लेख गरिन् । महिला क्रिकेटमा पनि मैदानसम्म आएर हौसला बढाउन कप्तान इन्दुले आह्वान गरिन्। घरेलु मैदानमा हुन लागेकाले आफूहरूको लागि केही सहज हुने पनि उहाँको आशा छ । उहाँले नेपालको यु–१९ महिला टोलीले विश्वकपमा राम्रो प्रदर्शन गरेर फर्किएको उल्लेख गर्दै यो सिनियर स्तरको ब्याक अप रहेको बताइन् ।

थाईल्यान्ड महिला क्रिकेट टोलीकी कप्तान नारुइमोल चाइवाईले श्रृंखला जित्ने गरी प्रदर्शन गर्ने बताइन् । नेदरल्याण्ड्की कप्तान बेबेट्टे डी लिडेले नेपालमा क्रिकेट खेल्न आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिएकी छिन् । नेपालले बिहीवार नेदरल्याण्ड्सँग नै खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?