Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

गुमाँउदैछ कांग्रेसले एक सांसद?


काठमाडाैं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकन हुने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदनमा आदेश जारी गर्दै सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवाको फैसला पुनरावलोकनको लागि अनुमति दिएको हो।

यसअघि सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको थियो। उक्त फैसला सर्वोच्चबाट प्रतिपादित कानुनी सिद्धान्तसँगसमेत प्रतिकूल देखिएको भन्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?