Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे


१६ चैत ,ढोरपाटन । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन्‌।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए। उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए।

अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उनको दावी थियो । नेता पाण्डेले भने, “चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा गर्‍यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ । ”

उनले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिए । समय–समयमा जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?