Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे


१६ चैत ,ढोरपाटन । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेशको नेतृत्व कांग्रेसले गरे जनताले महसुस हुने गरी विकासका काम गर्ने बताएका छन्‌।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको विपी स्मृति भवन शिलान्यास कार्यक्रममा नेता पाण्डेले सरकारप्रति जनअपेक्षा बढेको बताए। उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए।

अब छिट्टै केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गरेर चुनाव लडेका पार्टीहरूको सरकार आउने भन्दै गण्डकीमा कांग्रेसले नेतृत्व लिने उनको दावी थियो । नेता पाण्डेले भने, “चुनावपछि गठबन्धनमा विभिन्न समस्या आए तर दुई महिना नबित्दै पुनः हामी सबै एक ठाउँमा उभिएका छौँ, सँगै चुनाव लड्यौँ, जनताका माग र समस्या समाधान गर्ने बाचा गर्‍यौँ, अब जनताका माग पूरा गर्न हामीहरू लाग्छौँ । ”

उनले पार्टी सङ्गठन बलियो बनाउन जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिए । समय–समयमा जनतामाझ पुग्ने र उनीहरूको सुख, दुःख र समस्या बुझ्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?