Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः कार्यकारी अध्यक्ष अधिकारी


काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गरे । उनले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताएका छन् ।

कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताए । उनले खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताएका छन् ।

उनले पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिएका छन् । उनले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने बताए ।

उनले जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताए । उनले वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको बताए । उनले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताएका छन् ।

उनले भने ,‘ जहाज मर्मतको काम किन ढिला हुन्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौं । जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित छ । धेरै पुरानो खरिद विनियमावली छ । एयरलाइन्स मैत्री खरिद विनियमावली छैन । खरिद विनियमावली एयरलान्समैत्री हुनुपर्छ भनेर २०७६ साल देखि भनिरहेका छौं । पटक–पटक मन्त्रालयमा पनि भनेका छौं । यसमा सुधार हुन सकेको छैन । नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार गरिएको छ । त्यति मात्रै नेपाल एयरलाइन्सलाई पनि गरिदियो भने काम गर्न सहज हुने थियो । जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान गर्नुपर्छ । विभिन्न तहमा निर्णय हुँदै आउनुपर्छ । वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त होइन जस्तो लाग्छ । अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक छ ।’

उनले इन्जिनियरहरुलाई दिनुपर्ने सेवा सुविधाहरु दिन सक्दा जहाज मर्मत हुन ढिला भएको बताए । उनले स्थायी कर्मचारीहरुको सेवा सुविधाहरु बढाउन धेरै अफ्ठ्यारो प्रक्रिया रहेको बताए ।

उनले दक्ष जनशक्तिहरु निरन्तर रुपमा विदेश पलायन भइरेको दाबी गरेका छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?