Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

२०३५ भित्रै २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्छौंः मन्त्री खड्का


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले सरकारले हालै मन्त्रीपरिषद् बैठकबाट २८ हजार ५ सयको लक्ष्य १० वर्षमा पुर्‍याइसक्ने भनेर लिएको बताए ।

सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको भन्दै मन्त्री खड्काले अब कुनैपनि विकास निर्माणका काममा समय नलाग्ने बताए । उनले विद्युत उत्पादनका लागि पनि सबै इन्फा स्ट्रक्चर बनिसकेकाले धेरै समय नलाग्ने उनको दाबी छ ।

अध्ययन भएका योजनाहरु अब थन्किएर बस्न नपाउने भन्दै सरकारले आवश्यक काम थालिसकेको बताए । उनले अहिलेको सरकार मजबुत सरकार भएकाले निजी क्षेत्रलाई उर्जा क्षेत्रमा लगानी गर्त उत्साहित बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले भने , ‘२०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाएर २८ हजार ५ सय पुर्‍याउने भनेका छौँ । अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ । अब २५ सय मेगावाट विद्युत अबका १० वर्षमा बनाउनुपर्ने छ । त्यसकारणले पनि हिजो भन्दा आज फरक छ । सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ । अर्को फरक के छ भने भर्खरै इप्पानका अध्यक्षज्युले भन्नुभयो, धेरै वर्ष लाग्छ । होइन । अब लाग्दैन । किन लाग्दैन भने इन्फा स्ट्रक्चर तयार भइसकेको छ । सब खोलानाला पहाडमै छन्, उत्पादन पहाडमै हुने हो । तर इन्फास्ट्रक्चरका हिसावले, सञ्चार, यातायातका हिसावले त्यहाँ धेरै समय लाग्दैन, त्यसकारण उत्पादन गर्न छिटो हुन्छ । त्यसकारणले फरक छ । थुप्रै आयोजनाहरु थन्किएर बसेको अवस्था छ । अध्ययन भएका छन्, कहीँ लगानीका दृष्टिकोणले नाफा हुँदैन, अर्थात फाइनान्सियल दृष्टिकोणले भायबल छैन भनेर थन्किएका छन्, कहीँ सरकारसँग श्रोत छैन भनेर थन्किएका छन् । कहीँ बैंकहरुले लगानी गर्दैनन् भनेर थन्किएको अवस्था छ । अब यसरी आयोजनाहरु थन्किएर बस्न पाउँदैनन् र बस्दैनन् । त्यसकारणले यो मजबुत सरकार हो । निजी क्षेत्रलाई पनि यसमा लगानी गर्न उत्साहित गरिन्छ भनेपनि हुन्छ, बाध्यकारी बनाइन्छ भनेपनि हुन्छ ।’

मन्त्री खड्काले अब समयमै काम गर्न सक्नुपर्ने बताए । उनले बैंकहरुले लगाउने सिलिङमा पनि परिवर्तन गर्नुपर्ने बताए । देशभित्रका लगानीकर्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर विद्युत उत्पादनमा जोड दिने बताए ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?