Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने


काठमाडौँ । टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएका छन् ।

‘‘प्रतिनिधिमण्डल बिहानै प्रस्थान गरेको थियो,’’ स्रोतले एएफपीसँग भने , “सुरक्षाको कारण देखाउँदै उहाँबारे विस्तृत जानकारी दिएनन् । करिब १० वर्षमा पार्टीको यो पहिलो भ्रमण हुनेछ ।’’

डेमको तत्कालिन नेतृत्वले अन्तिम पटक अप्रिल २०१५ मा ओकलानलाई भेटेका थिए । करिब आधा शताब्दीअघि कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को स्थापना गरेका र सन् १९९९ देखि भूमिगतरूपमा रहेका ओकलानलाई भेट्न डेमको अनुरोधलाई सरकारले शुक्रबार अनुमोदन गरेका थिए ।

पीकेकेलाई टर्की र संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घसहित यसका अधिकांश पश्चिमी सहयोगीहरूले ‘आतङ्कवादी’ सङ्गठनको रूपमा लिन्छन् । केन्यामा टर्कीको सुरक्षा फौजले हलिउड शैलीको कारबाही चलाएको आरोपमा २५ वर्षअघि पक्राउ परेका ओकलानलाई मृत्युदण्डको सजाय सुनाइएका थिए ।

सन् २००४ मा टर्कीले मृत्युदण्डको सजाय खारेज गरेपछि उनलाई फाँसीको सजाय भएको थियो । उनले पछिल्ला वर्षहरू इस्तानबुलको दक्षिणमा रहेको इमराली टापुमा रहेको एकान्त जेलमा बिताइरहेका छन् । राष्ट्रपति रेसेप तैयप एर्दोगानको राष्ट्रवादी सहयोगी एमएचपी पार्टीका नेता डेभलेट बाहसेलीले ओकलानलाई ‘आतङ्क’ त्याग्न र लडाकू समूहलाई विघटन गर्न संसद्मा आउन निमन्त्रणा दिएपछि शनिबारको दुर्लभ भ्रमण सम्भव भएको हो ।

एर्दोगानले यो अपिललाई ‘अवसरको ऐतिहासिक झ्याल’ को रुपमा व्याख्या गरेका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?