Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने


काठमाडौँ । टर्कीको मुख्य कुर्द समर्थक डेम पार्टीको एक प्रतिनिधिमण्डलले शनिबार इस्तानबुलको जेलमा रहेका पीकेके नेता अब्दुल्लाह ओकलानलाई भेट्ने भएका छन् ।

‘‘प्रतिनिधिमण्डल बिहानै प्रस्थान गरेको थियो,’’ स्रोतले एएफपीसँग भने , “सुरक्षाको कारण देखाउँदै उहाँबारे विस्तृत जानकारी दिएनन् । करिब १० वर्षमा पार्टीको यो पहिलो भ्रमण हुनेछ ।’’

डेमको तत्कालिन नेतृत्वले अन्तिम पटक अप्रिल २०१५ मा ओकलानलाई भेटेका थिए । करिब आधा शताब्दीअघि कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) को स्थापना गरेका र सन् १९९९ देखि भूमिगतरूपमा रहेका ओकलानलाई भेट्न डेमको अनुरोधलाई सरकारले शुक्रबार अनुमोदन गरेका थिए ।

पीकेकेलाई टर्की र संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घसहित यसका अधिकांश पश्चिमी सहयोगीहरूले ‘आतङ्कवादी’ सङ्गठनको रूपमा लिन्छन् । केन्यामा टर्कीको सुरक्षा फौजले हलिउड शैलीको कारबाही चलाएको आरोपमा २५ वर्षअघि पक्राउ परेका ओकलानलाई मृत्युदण्डको सजाय सुनाइएका थिए ।

सन् २००४ मा टर्कीले मृत्युदण्डको सजाय खारेज गरेपछि उनलाई फाँसीको सजाय भएको थियो । उनले पछिल्ला वर्षहरू इस्तानबुलको दक्षिणमा रहेको इमराली टापुमा रहेको एकान्त जेलमा बिताइरहेका छन् । राष्ट्रपति रेसेप तैयप एर्दोगानको राष्ट्रवादी सहयोगी एमएचपी पार्टीका नेता डेभलेट बाहसेलीले ओकलानलाई ‘आतङ्क’ त्याग्न र लडाकू समूहलाई विघटन गर्न संसद्मा आउन निमन्त्रणा दिएपछि शनिबारको दुर्लभ भ्रमण सम्भव भएको हो ।

एर्दोगानले यो अपिललाई ‘अवसरको ऐतिहासिक झ्याल’ को रुपमा व्याख्या गरेका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?