Trending
>>   आज २०८१ साल पौष ७ गते आइतबार ,हेर्नुहोस आजको राशिफल >>   जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु >>   एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार >>   ‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’ >>   ‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’ >>   पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते >>   विकसित र सुन्दर चीन (फोटो फिचर) >>   इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या >>   गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु >>   तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली
Logo
७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

एनपिएलको उदीयमान विपिन शर्मा, दीपेन्द्रलाई कार


काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा उदीयमान खेलाडी स्पिनर विपिन शर्मा बन्दा दीपेन्द्र सिंह ऐरीले कार पाउन सफल भएका छन् ।

कर्णाली याक्समा ट्यालेन्ट हन्टबाट खेलेका विपिन उदीयमान खेलाडी भएका हुन् । सर्वोत्कृष्ट नेपाली खेलाडीका रूपमा उपविजेता सुदूरपश्चिम रोयल्सका दीपेन्द्रले ६२ लाख मूल्यको ओमोडा कार पाएका हुन् । विपिनले एक लाख नगद पुरस्कार र ५० हजार बराबरको छात्रवृत्ति पनि पाए । विपिनले १३ विकेट लिए । जनकपुरका जिमी निसम प्लेयर अफ दी टुर्नामेन्ट पाउन सफल भए । उनले यसबापत पाँच लाख रुपैयाँ पाए । जनकपुरका स्पिनर ललित राजवंशी उत्कृष्ट बलर घोषित भए । उनी र सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिनले समान १७ विकेट लिएका थिए ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?