Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते


काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो ।

बाह्र जनाको शव सनाखत भएको छ भने थप चार जनाको पहिचान हुन बाँकी छ । स्रोतका अनुसार घाइतेहरूलाई तुरुन्तै अर्धसैनिक बलको फ्रन्टियर कोर ट्रेनिङ सेन्टरमा उपचारका लागि लगिएका थिए ।

सेनाले आक्रमणको जवाफमा रकेट लन्चरहरू र अन्य उपलब्ध हतियारहरू प्रयोग गरेर प्रभावकारी रूपमा जवाफ दिए । पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक बयान जारी गरेको छैनन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?