Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’


काठमाडौँ। यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय दलित समुदायले मात्र बजाउनुपर्छ भनिएको नौमती बजाउन यहाँ ब्राह्मण, क्षेत्री समुदायका महिलाले पनि तालिम लिँदैछन् । बाजालाई महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्न यस्तो गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताएका छन् ।

यही पुस ४ गतेदेखि १५ जनालाई नौमती बजाउने तालिम दिन सुरु गरेका छन् । पुरातानवादी सोच हटाएर लोप हुन लागेको संस्कार, संस्कृतिको जगेर्ना गर्न तालिम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए । ‘महिलाको क्षमता विकास, व्यावसायिक बनाएर आर्थिक रूपमा सबल बनाउन तालिमले सहयोग गर्छन् भन्ने हाम्रो अपेक्षा हो”, अध्यक्ष स्याङ्बोले भने , “लोप हुँदै गएका संस्कार, संस्कृति, नौमती, सङ्गिनीलगायत लोकबाजा संरक्षण गर्नु सबैको दायित्व हो ।”

सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा साउती गर्दै कुरा काट्नेले अहिले प्रशंसा गर्ने गरेको तालिममा सहभागी गीता कट्टेलले बतईन् । “ब्राह्मण महिलाले नौमती छुन हुँदैन भन्ने समाजले हामीलाई कहिलेकाही व्यङ्ग्य गरे तर सीप सिक्न छोडेका छैनौँ”, उहाँले भन्नुभयो, “अब त सीपलाई व्यावसायीकता दिने आत्मबल बढेको छ ।”

विभेदका कुराले समाजमा एकता नआउने भन्दै नौमतीलाई सबैको साझा लोकबाजाको रूपमा स्थापित गर्न तालिम लिएको अर्की प्रशिक्षार्थी भीमा भट्टराई (अर्याल) को भनाइ छ । “अब पुरानो मान्यता राखेर हुँदैन, हामीले नौमतीलाई हाम्रो आयस्तरसँग जोड्नुपर्र्छ”, उनले भने ।

स्थानीय रामबहादर दर्जीले विगतमा नौमती बजाउँदा विभेद गर्ने समुदायले नौमतीलाई साझा लोक संस्कृतिको रूपमा स्वीकार्न थालेकामा खुसी व्यक्त गरे । उनले भने , “यसरी सबैको सोचमा परिवर्तन आएमा मात्र विभेदरहित समाज निर्माणमा सघाउ पुग्छ ।”

तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ । रोङ सङ्गिनी समूहको मागअनुसार महिलाको आयमा सुधार गर्न पहिलो चरणमा १५ जनालाई तालिम दिइएको महिला तथा बालबालिका शाखा प्रमुुख राधिका तामाङले बताए । उनका अनुसार तालिमको सहजीकरण झापाको विर्तामोडस्थित माता पाथिभरा नौमती बाजा ट्रेनिङ सेन्टरका प्रशिक्षक तारादेवी आचार्य र टीकादेवी प्रसाईंले गरिरहेका छन् ।

नौमती बाजामा झ्याली, ट्याम्को, ढोलक, नरसिङ्गा, दमाहा, सानो दमाहा, बाउँताल, सहनाइ र कर्नाल रहेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?