Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या


काठमाडौँ। उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।

चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएका छन् ।

तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताए । जसमा चार व्यक्तिको मृत्यु भएको छ जसको पहिचान अझै तय हुन सकेको छैन । प्यालेस्टिनी नागरिक सुरक्षाकर्मीहरू गाडीमा लागेको आगो निभाउन र शवहरू निकाल्न बम विष्फोट स्थलमा पुगेका थिए ।

यसअघि नाब्लस शहरको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक वृद्ध महिलासहित दुई प्यालेस्टिनीको मृत्यु भएको थियो ।

अक्टोबर ७, २०२३ मा गाजापट्टीमा इजरायल र हमासबीचको युद्ध शुरु भएदेखि वेस्ट बैंकका शहरहरू, शिविरहरू र गाउँहरूले बढ्दो तनावको अनुभव गरेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?