Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या


काठमाडौँ। उत्तरी वेस्ट बैंकमा दुई छुट्टाछुट्टै घटनाहरूमा इजरायली हवाई आक्रमणमा परी ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।

चार जनाको शव र तीन जना घाइतेलाई तुलकर्म शहरको थाबेट सरकारी अस्पतालमा ल्याइएका छन् ।

तुल्कारमका गभर्नर मुस्तफा ताकात्काले इजरायली ड्रोनले तुल्कारम शरणार्थी शिविरमा एउटा गाडीमा बम प्रहार गरेको बताए । जसमा चार व्यक्तिको मृत्यु भएको छ जसको पहिचान अझै तय हुन सकेको छैन । प्यालेस्टिनी नागरिक सुरक्षाकर्मीहरू गाडीमा लागेको आगो निभाउन र शवहरू निकाल्न बम विष्फोट स्थलमा पुगेका थिए ।

यसअघि नाब्लस शहरको पूर्वमा रहेको बालाता शरणार्थी शिविरमा इजरायली सेनाको गोली लागेर एक वृद्ध महिलासहित दुई प्यालेस्टिनीको मृत्यु भएको थियो ।

अक्टोबर ७, २०२३ मा गाजापट्टीमा इजरायल र हमासबीचको युद्ध शुरु भएदेखि वेस्ट बैंकका शहरहरू, शिविरहरू र गाउँहरूले बढ्दो तनावको अनुभव गरेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?