Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ। पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल–करामा र शाबान अल–रायस विद्यालयहरूमा आक्रमण गरेको बताए । जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका थिए । साथै पूर्वी गाजा शहरको अल–तुफाह छिमेकमा रहेको आवासीय घरहरूमा पनि आक्रमण गरेका छन् ।

गाजामा प्यालेस्टिनी सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोली र चिकित्साकर्मीहरूले बम विष्फोट स्थलबाट २० पीडितको शव निकालेका छन् । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् भने करिव ३० जनालाई विभिन्न स्थानमा चोटपटक लागेको छ ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार १२९ पुगेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?