Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु


काठमाडौँ। पूर्वी गाजा शहरमा विस्थापित नागरिकहरूलाई आश्रय दिने दुई विद्यालय र एउटा घरलाई लक्षित गरी भएको इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् ।

स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूले इजरायली विमानहरूले अल–करामा र शाबान अल–रायस विद्यालयहरूमा आक्रमण गरेको बताए । जुन विस्थापित नागरिकहरूको लागि आश्रयको रूपमा सेवा गरिरहेका थिए । साथै पूर्वी गाजा शहरको अल–तुफाह छिमेकमा रहेको आवासीय घरहरूमा पनि आक्रमण गरेका छन् ।

गाजामा प्यालेस्टिनी सिभिल डिफेन्सका प्रवक्ता महमुद बसालले उद्धार टोली र चिकित्साकर्मीहरूले बम विष्फोट स्थलबाट २० पीडितको शव निकालेका छन् । मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन् भने करिव ३० जनालाई विभिन्न स्थानमा चोटपटक लागेको छ ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४५ हजार १२९ पुगेका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?