Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

जतिबेला पनि निद्रा लाग्छ ? हाइपरसोम्निया पनि हुनसक्छ,यस्ता छन् लक्षणहरु


काठमाडौँ। शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो वा शरीरलाई आवश्यकभन्दा बढी निद्रा लाग्नु भनेको हाइपरसोम्निया हो । यस्तोमा राति राम्रोसँग निदाएर पनि दिउँसो पनि निद्रा लागिरहने हुनसक्छ ।

हाइपरसोम्निया हुने एक मात्र कारण हुँदैन । खराब जीवनशैली, विभिन्न रोगदेखि औषधिहरूको प्रयोग ,हाइपोथाइराइड ,ब्रेन ट्युमर,सिजोफेर्निया,हर्मोनल परिवर्तन, शरीरमा पानीको कमी (डिहाइड्रेसन), निद्रासम्बन्धी रोग (नर्कोलेप्सी), पक्षघात, पार्किन्सन्स रोग, अत्याधिक मदिरा तथा नशालु पदार्थ सेवन, टाउकोमा लागेको चोट पनि यसको कारक हुनसक्छ । यदि अनावश्यकरुपमा निद्रा लागिरहयो र बेलैमा नियन्त्रण भएन भने कालान्तरमा मधुमेह हुने, रगतमा संक्रमण, डिप्रेसनको सिकार हुने, मोटोपन बढ्ने समस्या देखिनसक्छ ।

लक्षणहरु:

–हरेक समय थकान अनुभव हुनु, भोक नलाग्नु ।

– कुनै पनि काम गर्ने जाँगर नहुनु वा मन नलाग्नु ।

– रातमा निद्रा राम्रोसँग परेपनि दिनमा पनि निद्रा लागेर हैरान हुनु ।

– निद्राबाट ब्युँझिन असहज हुनु तथा उठेपछि भ्रमित अनुभव गर्नु ।

–उठेपछि निद्रा नपुगे जस्तो हुनु, टाउको दुख्नु र चिडचिडापन बढ्नु ।

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?