Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘सानो बजेटका योजनाले ल्याएको ठुलो खुसी’


काठमाडौँ। केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि आजित बनेका उनले अचेल भने त्यसबाट मुक्ति पाएका छन् । पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ ।

“वर्षामा घरभित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन”, विकले भने । वडाले रु तीन लाख बजेटमा कचेलीदेखि लामिडाँडासम्म तीन सय ३५ मिटर नाला निर्माण गरेका छन् ।

यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी विगतको वर्षादमा डुबानमा पर्थ्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गथ्र्यो । यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए । “पहिले वर्षा भयो की डुबानमा पर्थ्यो । अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ ।”

तुलसीपुर उपमहानगरपालिका–१२ ले चालु आर्थिक वर्षमा रु तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरेका छन् । वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए । “जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्‍यौँ भने पनि त्यसले राम्रो प्रभाव पार्छ”, उनले भने , “तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ ।”

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताएका छन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?