Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सुरक्षित कारोबार ऐनलाई कार्यान्वयनयोग्य बनाउनुपर्नेमा सांसदहरुको जोड


काठमाडौँ । सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन गर्न योग्य बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँगको छलफलमा अधिकांश सांसादहरुले कार्यान्वयन योग्य बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसदहरुले सुरक्षित कारोबार ऐनमार्फत अनौपचारिक रुपमा हुने कारोबारलाई औपचारिक बनाउँदै राजश्वको दायरामा ल्याउने र कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको उल्लेख गरे ।

उनीहरुले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐनलाई धेरै लम्ब्याएर राख्न नहुने भन्दै समितिले चाँडै ऐनमा सहमति गरेर जानुको विकल्प नभएको बताए । सांसदहरुले सरकारले सुरक्षित कारोबार ऐन बनाउँदा वर्तमान अवस्थालाई मात्रै नभएर भविष्यलाई सोचेर बनाउनुपर्नेमा जोड दिए ।

उनीहरुले विगतमा बनेका कानूनहरुले अहिलेको पुस्तालाई नचिन्ने अवस्था रहेको भन्दै अब बन्ने सुरक्षित कारोबार ऐनलाई समय सापेक्ष बनाउन माग गरेका छन् । बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कानून बनाउँदा स्पेसिफिक बनाउनु जरुरी रहेको बताए । उनले विधेयकमा समावेश गर्न छुटेका र संशोधन गर्नुपर्ने विषयमा अझ थप सुरक्षित कारोबार सम्बन्धी विज्ञसँग छलफल गर्न आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन र सरलिकृत गर्नेगरी जानुपर्ने बताए । उनले दैनिक जीवनमा भइरहेका कारोबारलाई कानूनी रुप दिनेगरी ऐन बनाउनुपर्ने बताए । उनले सुरक्षित कारोबार ऐनलाई पछिल्लो समय टेक्नोलोजी क्षेत्रमा भएको विकासलाई समेत आत्मसाथ गरेर जानुपर्नेमा जोड दिए ।

उनले अहिले राष्ट्रिय सभाबाट पारित भएर आएको ऐन भएपनि अर्थमन्त्री र सचिवले नबुझ्ने अवस्था रहेको उल्लेख गरे । उनले सुरक्षित कारोबार ऐनले चल सम्पतीको कारोबारलाई सरलिकृत गर्नेगरी बनाउनुपर्ने बताए । उनले समितिले ऐनलाई लामो समय राख्न नहुने बताउनु भयो । उहाँले डिजिटल कारोबारको विषयलाई ऐनमा समेट्न जरुरी रहेको बताए ।

नेकपा एमालेका सांसद पदम गिरीले सुरक्षित कारोबार ऐनमा चल सम्पती राखेर ऋण प्रवाह गर्ने व्यवस्थाले दायरा बिस्तार गर्ने बताए । उनले सामान्य वर्गमा हुने आर्थिक कारोबारलाई औपचारिकतामा ल्याउनको लागि ऐनले सहयोग पुर्‍याउने बताए । उनले ऐन बनेसँगै अनौपचारिक बनेको अर्थतन्त्र औपचारिकतामा जाने बताए । उनले चलसम्पती राखेर ऋण प्रवाह गर्ने विषय महत्वपूर्ण भएको बताए । उनले ऐन बनेपछि कार्यान्वयनमा जटिलता नआउने गरी बनाउन जरुरी रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले विद्यमान कानूनहरुमा युवा पुस्तालाई नसमेटेकाले युवाहरु पलायन भइरहेको बताए । उनले युवा उद्यमीहरुले गरेको कामलाई अहिले भएका कानूनले नचिनेको बताए । सांसद श्रेष्ठले नेपालमा पुँजी परिचालनमा वृद्धि भएको बताए । उनले सुरक्षित कारोबार ऐनले सामाजिक तहबाट पुँजी विकास गर्नेगरी मद्दत गर्नुपर्ने बताए । उनले नेपाली समाज परम्परागत सामाजिक व्यवहारले चलेको बताए । उनले यो ऐनले माइक्रोफाइनान्स र सहकारीलाई समेट्न आवश्यक रहेको बताए ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिले सुरक्षित कारोबार ऐनमा लामो छलफल गर्नु नपर्ने बताए । उनले लामो छलफल गर्दा संसदले बनाउने विधेयकहरु ढिला भइरहेको बताए । उनले लामो छलफल र बहसले सांसदहरुले वर्तमान कार्यकालमा विधेयकहरु पूरा गर्नसक्ने अवस्था नभएको बताए ।

उनले ऐेन बनेपछि कार्यान्वयनमा देखिने जटिलताहरु समाधान हुनेगरी बनाउन जरुरी रहेको बताए । उनले ऐनका विषयमा धेरै अलमल नगरी ठोस विषयमा छलफल गरेर टुङ्गोमा पुग्न आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?