Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विश्वविद्यालय सञ्चालनमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालय सञ्चालन गर्न आफूले हस्तक्षेप नगरेको बताएका छन्  ।

बिहीवार त्रिभूवन विश्वविद्यालयको नीति अधिवेशनलाई सम्बोधन गर्दै उनले  विश्वविद्यालय उपकुलपतिले नै सञ्चालन गर्ने भन्दै आफूले कुनै हस्तक्षेप नगरेको बताएका हुन्   । उनले  विश्वविद्यालयमा साँच्चिकै मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए  ।  स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुपर्ने उनको  भनाइ थियो । साना कुरामा नअल्झिकन विश्वविद्यालयलाई मजबुत बनाउनुपर्ने उनको  भनाइ छ ।

उनले  भने , ‘शिक्षा क्षेत्र मुक्त मनले चल्न पाउनुपर्छ । तर मुक्त मनले चल्दा, नियम, कानून र प्रक्रियाभित्र चल्नुपर्छ । त्रिभूवन विश्वविद्यालयको सर्वोच्च संस्था भनेको सिनेट नै हो । नीति, कार्यक्रम, बजेट यसैले पास गर्दछ । स्वायत्त संस्थाले मेरिटोक्रेसी ल्याउँदा साँच्चैको मेरिटोक्रेसी हुनुप¥यो । ड्रामा अफ मेरिटोक्रेसी होइन । साँच्चैको मेरिटोक्रेसी हुनुपर्छ । म सधैँ देखिरहेको छु, कुलपतिले हस्तक्षेप ग¥यो, मेरोबिरुद्ध त यसैपनि कहीँ पहिरो गयो भने प्रधानमन्त्री नै यस्तो छ पहिरो किन जाँदैन । वर्षा बाढी गयो भने प्रधानमन्त्री नै यस्तो छ बाढी किन जाँदैन । कहीँ मान्छे हार्टअट्याक भयो भने प्रधानमन्त्री नै यस्तो छ, हार्टअट्याक किन हुँदैन । जे सुकै भएपनि प्रधानमन्त्रीलाई एउटा गाली नगरीकन त चित्त नबुझ्ने तत्वहरु छन् नेपालमा । मेरो कुनै हस्तक्षेप होइन । हामी सबैले साना कुरामा नल्झिएर विश्वविद्यालयलाई मजबुत बनाउनु पर्छ । हिजो मात्रै पनि अखबारमा छापियो, प्रधानमन्त्रीको हस्तक्षेपले गर्दा मात्रै पनि विलम्व भयो । अहिले पनि उपकुलपतिजीले कसोकसो एउटा शब्द भन्नुभयो । किन विलम्व भयो, भन्दा खै मैले राम्रो बुझिन । निष्पक्ष र मेरिटोक्रेसीमा आधारित भएर गर्नुस् ।’

प्रधानमन्त्री ओलीले विश्वविद्यालय अफ्ठ्यारोमा नपरोस् भन्नेकुरामा कुलपतिले ध्यान दिने पनि बताए ।  उनले  पुस ७ गतेको विश्वविद्यालय सिनेटमा निमित्त डिनसहित उपस्थित हुन निर्देशन दिए  । साथै विश्वविद्यालयले विश्वविद्यालयको नीति अधिवेशनबाट ११ बुँदे प्रश्ताव पास गरेको छ । सभामा पेश भएका १२ बुँदे प्रश्तावमध्ये ११ बुँदा पास भएका हुन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?