Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

राष्ट्रिय सूचना आयोगद्वारा ९६.०५ प्रतिशत पुनरावेदन फर्छ्यौट


काठमाडौँ। राष्ट्रिय सूचना आयोगले स्थापनाकालदेखि ९६.०५ प्रतिशत पुनरावेदन फछ्र्यौट गरेको छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले स्थापनाकालदेखि हालसम्म १० हजार पाँच सय ९३ पुनरावेदन परेकोमा १० हजार २७४ वटा पुनरावेदनहरु फछ्र्यौट भइसकेको बताएका हुन् । बिहीवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै आयोगका प्रमुख सूचना आयुक्त गुरुङले अहिलेसम्म पुनरावेदनका आधारमा निर्देशन दिएपछि पनि सूचना उपलब्ध नगराउने ४४ जना सार्वजनिक निकायहरुलाई कारबाही गरिएको बताए । उनका अनुसार कारबाहीमा पर्नेमा नेपाल सरकारका क वर्गका कार्यकारी अधिकृतहरु, त्रिभूवन विश्व विद्यालयका रजिस्टार, परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, क्याम्पस प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु रहेका छन् । उनले सूचना दाता संरक्षणसम्बन्धी चार वटा उजुरीमध्ये दुई वटाको पक्षमा फैसला गरिएको समेत बताए ।

उनले भने, ‘हामीले सूचनको हकसम्बन्धमा विभिन्न निकायहरुलाई आदेशहरु दिनसक्छौं । सार्वजनिक निकायहरुलाई सूचना उपलब्ध गराउनका लागि सय किटान गर्ने काम पनि हामीले गर्ने गरेका छौं । आयोग गठन भएको १६ वर्ष पूरा भएर १७ औँ वर्ष चलिरहेको छ । अहिलेसम्म हामी कहाँ १० हजार पाँच सय ९३ पुनरावेदन परेको १० हजार २७४ वटा पुनरावेदनहरु फछ्र्यौट भइसकेका छन् । अर्थात आयोगमा परेका पुनरावेदनको ९६.५ प्रतिशत पुनरावेदनहरु हामीले फछ्र्यौट गरेको अवस्था छ । सार्वजनिक निकायहरुले सूचना उपलब्ध नगराएको कारणबाट पुनरावेदन परेपछि पनि आयोगले निर्देशन दिएपछि पनि सूचना नदिने सार्वजनिक निकायका ४४ जना प्रमुखहरुलाई कारबाही भइसकेको छ । अहिलेको पाँच वर्षको कार्यकालमा हामीले १७ जनालाई कारबाही गरेका छौं । कारबाहीमा पर्नेमा क वर्गका कार्यकारी अधिकृतहरु, त्रिभूवन विश्व विद्यालयका रजिस्टार, परीक्षा नियन्त्रण कार्यालयका प्रमुख, क्याम्पस प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु छन् । सूचना दाता संरक्षणसम्बन्धी ४ वटा उजुरीहरु परेका थिए । जसमध्ये दुई वटामा पक्षमा फैसला गरेका छौं ।’

सूचना मागकर्ताले सूचनाको उपयोगिताको लागि व्यवसायिकता नखुलाउँदा सार्वजनिक निकायहरुलाई सूचना प्रदान गर्न गाह्रो भइरहेको बताउदै उनले सरकारी संयन्त्रकै कमजोरीका कारण नागरिक तहसम्म सूचनाको हक कार्यान्वयन गर्न नसकिएको बताए । नागरिक सचेत भएर सूचना नमाग्दासम्म सरकारी शासन पद्धतिमा नागरिकहरु सहभागि हुने वातावरण नबन्ने उनको भनाइ रहेको छ ।

उनले भने,‘सूचना मागकर्ताले व्यवसायीकता नखुलाउने गरेका कारणले सूचना दिन सार्वजनिक निकायहरुलाई चुनौति रहेको छ । हामीले महशुस गरेको सबैभन्दा महत्वपूर्ण कुरा नागरिक तहसम्म सूचना माग गर्ने अधिकार पु¥याउनै सकिएको छैन । जबसम्म नागरिक सचेत भएर सूचना माग्दैनन् तबसम्म सूचनाको हक र नागरिक तहसम्म सरकारी साशन पद्धतिमा नागरिकहरु सहभागि हुने वातावरण बन्दैन । सूचनाको अहिलेसम्म वर्गिकरण हुन सकेको छैन । एउटा सूचना वर्गीकरण गर्ने भनेर कमिटी गरिएको थियो । त्यसले तीन पटक प्रतिवेदन बुझाउँदा पनि कार्यान्वयन भएन ।’

कानूनले समिति सूचनाहरुलाई मात्र गोप्य राख्न भनेपनि गठित समितिले सबै सूचनालाई गोप्य राख्ने बनाइदिएका कारण कार्यान्वयनमा समस्या रहेको बताए।


प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?