Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराती


१३ चैत्र ,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताएका छन्‌ । बैसठ्ठीऔँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उनले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्च रहेको बताए ।

पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि रहेको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताए । उनले रङ्गकर्मीहरूसँग आफूले तीन वटा अपेक्षा गरेको पनि बताए । उनले भने, “समाजवाद उन्मुख सृजनाहरू गरेर यो समाजलाई पूँजीवादी संस्कृतिको चङ्गुलबाट पार लाउनु पर्ने हुन्छ ।”

मन्त्री किरातीले नेपाली मौलिक हरिसिद्धि नाच, जलप्याखः जस्ता अमूर्त सम्पदा तथा डबली परम्परालाई प्रवर्द्धन गर्न सके नेपालले धेरै पर्यटकहरूलाई आकर्षित गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

विश्व रङ्गमञ्च दिवसको अवसरमा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रूपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनोट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवाद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरेका थिए ।

उक्त सन्देश डा शिव रिजालली नेपालीमा अनुवाद गरेका थिए । कार्यक्रममा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवका बारेमा जानकारी गराएका थिए ।

प्रतिष्ठानका कुलपति निशा शर्माले मौलिक कलाको संवर्द्धन र प्रवर्द्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बिन्धित व्यक्तिहरूसँगको अन्त्वार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिइन्‌ । प्रतिष्ठानकै उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भए पनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको बताए ।

कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले रङ्गमञ्चलाई प्रवर्द्धन गर्नका निम्ति माला आर्ट्स एकेडेमीमार्फत विविध गतिविधिहरू गर्र्दै आएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?