Trending
>>   सङ्घीयता आवश्यक छ तर बोझिलो भयोः स्वास्थ्यमन्त्री पौडेल >>   शिक्षकसँगको सम्भता दायाँ,बायाँ नगरी शिक्षा विधेयक टुंग्याउँछौँः महामन्त्री शर्मा >>   शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा >>   आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो प्रहार गर्ने बहुमतका कार्यकर्ता पक्राउ >>   संसद अवरोध गर्नुको औचित्य छैन, केही राजनीतिक दलहरु षड्यन्त्र गर्न लागेका छन्ः गृहमन्त्री लेखक >>   जनताको परिवर्तनको चाहनालाई कसैले तुहाउन सक्दैन, आन्दोलन जारी छः कमल थापा >>   शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छः गृहमन्त्री लेखक >>   २ सय भन्दा बढी यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना >>   शिक्षालाई मोर्डन प्रविधियुक्त र जीवन उपयोगी बनाउनुपर्छः प्रधानमन्त्री ओली >>   अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी
Logo
२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

मुड्केचुलाद्वारा स्थानीय पाठ्यक्रम बनाउन सुरु


मुड्केचुला गाउँपलिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने कामको सुरु गरेको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने गाउँपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका ‘स्थानीय पाठ्यक्रम’ बनाउन लागेको हो । मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागिएको शिक्षा शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।

विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गर्न लागिएको प्रमुख बुढाले बताउनुभयो । आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउने उहाँको भनाइ छ । आधारभूत ‘स्थानीय पाठ्यक्रम’मा स्थानीय वेशभूषा, कला संस्कृति, धार्मिक महत्व र इतिहासका विषयसँगै स्वास्थ्य, लैगिक हिंसा, जातीय विभेदलगायतका विषय समावेश गरिएको र विज्ञसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गर्न लागिएको बुढाले बताउनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु आफैँमा चुनौती भए पनि गाउँपालिकाले आफ्नै आधारभूत पाठ्यक्रम निर्माण गर्न लागेको बताउनुभयो ।

पाठ्यक्रम निर्माण गर्ने विज्ञ रणबहादुर कार्की, कावाध्यक्ष दुधा रोकाय, वडाध्यक्ष बाघबहादुर बुढा, नरेन्द्र शाही, गोरख रोकाय, सामाजिक विकास समितिका संयोजक कालीबहादुर विक, गाउँ शिक्षा समितिका भीमबहादुर शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मे शाही सहभागितामा दुइ दिने स्थानीय पाठ्यक्रम निर्माण र विषयवस्तु पहिचानसम्बन्धी दुई दिने कार्यशाला गरेर पाठ्यक्रम निर्माणमा जुटेको बुढाले बताउनुभयो । वैशाख १ गतेबाट लागू गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । आफ्नै पाठ्यक्रम बनाउन सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहको रुपमा मुड्केचुला रहेको छ ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?