Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मुड्केचुलाद्वारा स्थानीय पाठ्यक्रम बनाउन सुरु


मुड्केचुला गाउँपलिका डोल्पाले आफ्नै स्थानीय पाठ्यक्रम बनाउने कामको सुरु गरेको छ । यहाँका आठ वटा स्थानीय तहमध्ये ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण मानिने गाउँपालिकाले १ देखि ८ कक्षासम्मका विद्यार्थीका ‘स्थानीय पाठ्यक्रम’ बनाउन लागेको हो । मुलुक सङ्घीय व्यवस्थामा गएसँगै निर्माण भएका स्थानीय सरकारले ‘पाठ्यक्रम’ निर्माण गरी लागू गर्ने संवैधानिक व्यवस्थाअनुसार गाउँपालिकाले आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ निर्माण गर्न लागिएको शिक्षा शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।

विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषय समावेश गर्न लागिएको प्रमुख बुढाले बताउनुभयो । आधारभूत पाठ्यक्रममा गाउँपालिकाको समग्र अवस्था विद्यार्थीले सहजै पहिचान गर्न पाउने उहाँको भनाइ छ । आधारभूत ‘स्थानीय पाठ्यक्रम’मा स्थानीय वेशभूषा, कला संस्कृति, धार्मिक महत्व र इतिहासका विषयसँगै स्वास्थ्य, लैगिक हिंसा, जातीय विभेदलगायतका विषय समावेश गरिएको र विज्ञसँग परामर्श गर्दै छोटो समय र न्यून रकममा प्रभावकारी काम गर्न लागिएको बुढाले बताउनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख बुढाले स्थानीय पाठ्यक्रम निर्माण गर्नु आफैँमा चुनौती भए पनि गाउँपालिकाले आफ्नै आधारभूत पाठ्यक्रम निर्माण गर्न लागेको बताउनुभयो ।

पाठ्यक्रम निर्माण गर्ने विज्ञ रणबहादुर कार्की, कावाध्यक्ष दुधा रोकाय, वडाध्यक्ष बाघबहादुर बुढा, नरेन्द्र शाही, गोरख रोकाय, सामाजिक विकास समितिका संयोजक कालीबहादुर विक, गाउँ शिक्षा समितिका भीमबहादुर शाही र निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मे शाही सहभागितामा दुइ दिने स्थानीय पाठ्यक्रम निर्माण र विषयवस्तु पहिचानसम्बन्धी दुई दिने कार्यशाला गरेर पाठ्यक्रम निर्माणमा जुटेको बुढाले बताउनुभयो । वैशाख १ गतेबाट लागू गर्ने गरी काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । आफ्नै पाठ्यक्रम बनाउन सुरु गर्ने डोल्पाको पहिलो स्थानीय तहको रुपमा मुड्केचुला रहेको छ ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?