Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम


१३ चैत्र ,काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग पर्याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो ।

कार्यक्रमअन्तर्गत नगरले आवश्यकताअनुसार कौसी खेती तालिम सञ्चालन गर्ने जनाएको छ । नगरको कृषि र फोहर व्यवस्थापन योजनाबाट हाल पाँच वटा वडाका स्थानीयलाई तालिम दिँदै अनुदानमा कम्पोष्ट मल बनाउने विनसमेत वितरण गरेको छ ।

नगरले ५, ७, ८ ९, १० नं वडामा ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरेको हो । नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरको सहरी क्षेत्रमा फोहर व्यवस्थापनको चुनौती रहेको र त्यसको समाधानका लागि फोहर वर्गीकरण गरेर कुहिने फोहरलाई मल बनाएर आफ्नै घरमा कौसीखेती गर्न यो कार्यक्रम सञ्चालन गरेको बताए । “यो कार्यक्रमले जैविक फोहर व्यवस्थापनमा सहयोग पुर्याउनुको साथै नगरको सौन्दर्यीकरणमा मद्दत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

उनका अनुसार यस कार्यक्रमलाई थप गर्दै थप ‘एक घर एक कम्पोष्ट विन’ वितरण गर्दै जाने लक्ष्य राखिएको छ । नगर उपप्रमुख विमला सापकोटाले यस कार्यक्रमले फोहर व्यवस्थापन र कृषिलाई समेटेको बताइन् । उनले भनिन्‌, “घरबाट निस्कने जैविक फोहर घरमै व्यवस्थापन गर्दै तरकारी उत्पादनका लागि नगरले कौसीखेती कार्यक्रम सञ्चालन गरेको हो”।

वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारीले सिकेको सीप र कम्पोष्ट विनको सदुपयोग गर्न आग्रह गर्दै घरमै तरकारी उब्जाउन र फोहर व्यवस्थापनमा सघाउन अनुरोध गरेका छन्‌ । नगरले कौसी खेती प्रवद्र्धनका लागि वडा नं ७ मा एक सय ५०, ८ मा एक सय ७५, ९ मा ७५, १० मा २५ १३ मा २५ र वडा नं ५ मा ५० वटा कम्पोष्ट विन वितरण गरेको छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?