Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने


१२ चैत्र ,ताप्लेजुङ । ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव हुने भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले चैत २१ देखि २५ गतेसम्म मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ ।

“उद्यम गरी स्वरोजगार बनौँ, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याऔँ”, भन्ने नारासहित आयोजना हुने मेलामा कोशी प्रदेशभरका व्यावसायिक कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी तथा व्यापार, डोको क्यारी रन, डोको बुन्ने, फोटो प्रदर्शनी, कविता वाचनसहित बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।

सदरमुकाम फुङलिङमा आयोजना हुने महोत्सवको प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेला तथा महोत्सवले व्यावसायिक उत्पादनको बजारीकरण एवं पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

विभिन्न जातजातिको परम्परा, संस्कार संस्कृति, व्यावसायिक उत्पादनको प्रदर्शनीले सांस्कृतिक आदानप्रदान हुनुका साथै उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष भारतीले बताए । परम्परा तथा पेशा व्यवसायको प्रत्येक्ष अवलोकन साथै फोटो प्रदर्शनसहितका गतिविधिले पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार हुने भारतीको भनाइ छ ।

यसअघि गत वर्षको जेठमा सदरमुकाम फुङलिङमा औद्योगिक मेला आयोजना भएको थियो । यो वर्ष आयोजना हुने मेला तथा महोत्सवको सह आयोजकमा फुङलिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोशी प्रदेश रहेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?