Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला हुने


१२ चैत्र ,ताप्लेजुङ । ताप्लेजुङमा औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्गानिक महोत्सव हुने भएको छ । घरेलु उत्पादनको प्रवद्र्धन र पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले चैत २१ देखि २५ गतेसम्म मेला तथा महोत्सवको आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ ।

“उद्यम गरी स्वरोजगार बनौँ, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याऔँ”, भन्ने नारासहित आयोजना हुने मेलामा कोशी प्रदेशभरका व्यावसायिक कृषि तथा औद्योगिक उत्पादनको प्रदर्शनी तथा व्यापार, डोको क्यारी रन, डोको बुन्ने, फोटो प्रदर्शनी, कविता वाचनसहित बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिए ।

सदरमुकाम फुङलिङमा आयोजना हुने महोत्सवको प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मेला तथा महोत्सवले व्यावसायिक उत्पादनको बजारीकरण एवं पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

विभिन्न जातजातिको परम्परा, संस्कार संस्कृति, व्यावसायिक उत्पादनको प्रदर्शनीले सांस्कृतिक आदानप्रदान हुनुका साथै उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अध्यक्ष भारतीले बताए । परम्परा तथा पेशा व्यवसायको प्रत्येक्ष अवलोकन साथै फोटो प्रदर्शनसहितका गतिविधिले पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार हुने भारतीको भनाइ छ ।

यसअघि गत वर्षको जेठमा सदरमुकाम फुङलिङमा औद्योगिक मेला आयोजना भएको थियो । यो वर्ष आयोजना हुने मेला तथा महोत्सवको सह आयोजकमा फुङलिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कोशी प्रदेश रहेका छन् ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?