Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्योः माओवादी केन्द्र


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका छन् । उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताएका छन् । उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताएका छन् । उनले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको र तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बबाट बढी क्षति भएको बताएका छन् ।

उनले भने, ‘सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो । यही बाढी प्रभावित विषयवस्तुसँग सम्बन्धित रहेर । ढिलो गरी भएपनि सरकारले बैठक बोलायो, हामीले यसको लागि धन्यवाद नै भन्यौँ । सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा भन्यौँ । विपद् बाजा बजाएर आउँदैन । तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो । त्यसको आधारमा पूर्वसूचना त जारी ग¥यो । पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी गरेको महशुस गरेका छौँ । सरकारसँग कुरा राख्यौँ । खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ । तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ । सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ । खोज र राहतको काममा केन्द्रित हुने र अरु उपचारसँग सम्बन्धित, अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । यो बेला प्रतिपक्ष, पक्ष नभएर एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छौँ ।’

उनले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउदै खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?