Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्योः माओवादी केन्द्र


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरुको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका छन् । उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताएका छन् । उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताएका छन् । उनले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको र तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बबाट बढी क्षति भएको बताएका छन् ।

उनले भने, ‘सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहज्युले सर्वदलीय बैठक बोलाउनुभएको थियो । यही बाढी प्रभावित विषयवस्तुसँग सम्बन्धित रहेर । ढिलो गरी भएपनि सरकारले बैठक बोलायो, हामीले यसको लागि धन्यवाद नै भन्यौँ । सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको कुरा भन्यौँ । विपद् बाजा बजाएर आउँदैन । तर यो पटक जल तथा मौसम विज्ञान विभागले राम्रो पूर्वानुमान गरिदिएको थियो । लगातार तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरिदिएको थियो । त्यसको आधारमा पूर्वसूचना त जारी ग¥यो । पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी गरेको महशुस गरेका छौँ । सरकारसँग कुरा राख्यौँ । खोज र उद्धारका लागि तदारुकताका लागि आग्रह गरेका छौँ । तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय राम्रो गर्नुपर्छ । सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छौँ । खोज र राहतको काममा केन्द्रित हुने र अरु उपचारसँग सम्बन्धित, अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छौँ । यो बेला प्रतिपक्ष, पक्ष नभएर एकतावद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छौँ ।’

उनले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउदै खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरु र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गरेका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?