Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

निजगढ विमानस्थललाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्ने सरकारको योजना


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौं स्थित त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको चाप अत्याधिक बढेकाले वैकल्पिक विमानस्थलको उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा मन्त्रलागत प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले त्रिभूवन विमानस्थलको वार्षिक क्षमता ४५ लाख यात्रुको भएपनि यस आर्थिक वर्षमा ९५ लाख यात्रु ओहोरदोहोर भएको जानकारी दिए । उनले त्रिभूवन विमानस्थलमा रहेको यात्रुको चाप पोखरा र भैरहवातिर स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निजगढ अन्तरराष्ट्रिय विमानस्थललाई काठमाडौं फास्ट ट्र्याकसँग जोडिएको विकल्पको रुपमा अघि सारिएको उल्लेख गर्दै यसको मोडालिटी तय गर्न बजेटको व्यवस्था गरिएको समेत बताए । उनले पर्यटन क्षेत्रलाई नेपालको प्रमुख स्वरोजगार र अर्थतन्त्रमा योगदान दिने क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

उनले भने, ‘हामीले पर्यटन क्षेत्रलाई नेपालको एउटा प्रमुख स्वरोजगारको क्षेत्र र अर्थतन्त्रलाई योगदान पुर्याउने क्षेत्रको रुपमा लिइरहेका छौं । तीन वटा विमानस्थलहरु बनिसकेका छन् । काठमाडौं विमानस्थलको चाप उक्त विमानस्थलले धान्नसक्ने क्षमता वार्शिक ४५ लाख यात्रु हो । तर यस वर्ष हामीले ९५ लाख यात्रुहरु ओहोरदोहोर गरायौं । त्यसैले यसको चापलाई हामीले बाहिर लिएर जानुपर्नेछ । पोखरा र भैरहवातिर लिएर जानुपर्नेछ । त्यति मात्र होइन निजगड विमानस्थल काठमाडौंदेखिको फास्ट ट्र्याक पुरक विमानस्थल योजनाकै रुपमा अगाडि सारिएको हो । उक्त विमानस्थल बनाउनुपर्ने कार्यभार पनि हाम्रो काँधमा छ । यसपटकको नीति तथा कार्यक्रम र बजेटले उक्त विमानस्थलको मोडालिटी तयार गर्ने पनि भनेको छ । थुप्रै मानिसहरुलाई देशभित्र भित्र्याउनुपर्ने नेपालको प्रकृति, संस्कृति देखाउनका लागि विमानस्थल बनाएर गल्ति भएको छैन । यसलाई सञ्चालनमा तदारुकता देखाउनुपर्नेछ ।’

नेपालको प्रकृति र संस्कृतिलाई विश्व सामु चिनाउन विमानस्थल निर्माण गरिएको दाबी गर्दै उनले विमानस्थल तादरुकताका सञ्चालन गर्नुपर्ने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?