Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताए । उनले सरकारले यसबारेमा सोचिरहेको बताए । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्ने, पुनःविचार गर्ने आवश्यकता छ । यसमा गर्दैछौँ । नत्र भने हामीले कतिपय ठाउँहरुमा छलछाम हुने गरेको छ । त्यसलाई हामीले रोक्नुपर्ने छ । वास्तवमा जनताको सेवा कसरी वृद्धि गर्ने, सुहाउँदो गच्छ्य अनुसार । एकातिर आवश्यकताहरु हुन्छन् । चाहनाहरु हुन्छन् । अर्कोतिर यथार्थ अवस्था हुन्छ । चाहनाहरु असिमित हुनसक्छन् । आवश्यकताहरु धेरै हुनसक्छन् । तर अवस्था त्यस्तो छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था बनेको छ ।’

प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताए। आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताएका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?