Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताएका छन् ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताए । उनले सरकारले यसबारेमा सोचिरहेको बताए । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्ने, पुनःविचार गर्ने आवश्यकता छ । यसमा गर्दैछौँ । नत्र भने हामीले कतिपय ठाउँहरुमा छलछाम हुने गरेको छ । त्यसलाई हामीले रोक्नुपर्ने छ । वास्तवमा जनताको सेवा कसरी वृद्धि गर्ने, सुहाउँदो गच्छ्य अनुसार । एकातिर आवश्यकताहरु हुन्छन् । चाहनाहरु हुन्छन् । अर्कोतिर यथार्थ अवस्था हुन्छ । चाहनाहरु असिमित हुनसक्छन् । आवश्यकताहरु धेरै हुनसक्छन् । तर अवस्था त्यस्तो छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था बनेको छ ।’

प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताए। आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताएका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?