Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

जनताको काम गर्न आएका हुँ, कुनै गल्ती गरेको छैनः मन्त्री अधिकारी


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् । उनले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताए । सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गरे नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पहिला आफूलाई हेरेर अरुमाथि दोष लगाउन अध्यक्ष दाहाललाई आग्रह गरे ।

मन्त्री अधिकारीले भने, ‘मैले गल्ती गर्दिन, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरु ढुक्क हुनुस् । तपाईं हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरुलाई प्रश्न गरौँ । सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुस् । सरकारले अघि सारेका कुरामा गलत भयो भनेर औंल्याइदिनुस्, हामी सुधार गर्छौं ।’

मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?