Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रचण्डमा सरकारबाट बाहिरिनुको पीडा अझै बाँकी छः एमाले


काठमाडौँ। नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दलका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारबाट बाहिरिनुको पीडा नहटेको टिप्पणी गरेका छन् ।

सोमवार संसद भवन परिसमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलालले अध्यक्ष दाहालले संसदको रोष्ट्रमबाट पीडावोध गरेर गएको टिप्पणी गरेका हुन् । उनले अध्यक्ष दाहालको सम्बोधन पूर्वाग्रह र आक्रोशबाट प्रेरित भएको दाबी पनि गरे । उनले हाल वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने प्रवृत्ति सक्रिय भइरहेका बेला विपक्षी दलका नेताले सरकारको सकारत्मक कामको प्रशंसा र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘विपक्षी दलको नेता एवं पूर्वप्रधानमन्त्रीले जसरी आज संसदमा प्रश्तुती राख्नुभयो । त्यो असाध्यै चरम कुण्ठा र आक्रोशबाट बाहिर ननिस्किकन पूर्वाग्रह प्रेरित ढंगबाट अभिव्यक्तिहरु दिनुभयो । हरेका विषयहरुमा त्यस्तै भयो । संसदबाट एकदमै दुर्गन्धित सन्देश प्रवाह गर्ने मनसाय पनि उहाँले राख्नुभयो । यो एकदमै बेठिक शैली हो भन्ने लाग्छ । अहिले संविधान र व्यवस्थाविरुद्ध धमिलो पानीमा माछा पार्ने प्रवृत्तिहरु सलबलाइरहेका छन् । व्यवस्थाका विरुद्ध ढुंगा हान्ने प्रवृत्तिहरु क्रियाशील भइरहेका छन् । उहाँले सरकारले गरेका राम्रा पक्षहरुलाई पनि सँगसँगै जोडेर अझ गर्नुपर्ने कुरा के हुन् त ? भन्ने कुरा सुझाव पनि दिनुपर्यो नि ।’

अध्यक्ष दाहालले आफूलाई मन नपर्ने सबैलाई बिचौलिया देखेको भन्दै उनले आपत्ति जनाए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?