Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताए । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानविन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्नेकुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानविन गर्ने विषयलाई सहज बनाउनुस् । बर्खास्त गरेर मात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दुधको दुध र पानीको पानी हुनुपर्छ । त्यसको छानविन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका अरु कोको छन्, छन् भने कसैको बारेमा टिप्पणी गर्न हतारो हुन्छ । कहीँ कतै दोषी देखिन्छन् भने कारबाही गर्नुपर्छ ।’

महामन्त्री थापाले कानून भन्दा माथि कोही पनि नहुने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?