Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्रीलाई गगनको आग्रहः तपाईंको मन्त्रीलाई तत्काल बर्खास्ती गर्नुस्


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गल्ती गरेको होइन भन्ने आँट समेत मन्त्रीले नदेखाएको भन्दै तत्काल बर्खास्त गरेर अनुसन्धानको बाटो सहज बनाउनुपर्ने बताए । बर्खास्त गरेर मात्रै नहुने भन्दै निष्पक्ष छानविन हुनुपर्ने र दोषीउपर कारबाही हुनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । त्यसलाई लतारेर लिएर जान्छु भन्नेकुरा गरिसकेपछि मैले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नु होला भन्ने मेरो अपेक्षा थियो । त्यसबारेमा टिप्पणी नै गर्नुपर्ला जस्तो लागेको थिएन । तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । कार्यक्रममार्फत नै म प्रधानमन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् । यो विषयको छानविन गर्ने विषयलाई सहज बनाउनुस् । बर्खास्त गरेर मात्रै हुँदैन । यत्तिको कुरा आइसकेपछि यसको दुधको दुध र पानीको पानी हुनुपर्छ । त्यसको छानविन हुनुपर्छ । यसमा देखिएका संलग्न भएका अरु कोको छन्, छन् भने कसैको बारेमा टिप्पणी गर्न हतारो हुन्छ । कहीँ कतै दोषी देखिन्छन् भने कारबाही गर्नुपर्छ ।’

महामन्त्री थापाले कानून भन्दा माथि कोही पनि नहुने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?