Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो । अध्यक्ष दाहालले टिआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यावाद दिएको स्मरण पनि गरे । उनले सरकारकै क्याबिनेटमा बस्ने मन्त्रीहरूको खुलेआम घुस डिल गरेको अडियो बाहिर आउँदा पनि प्रधानमन्त्रीले एक्शन नलिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो त लाजमर्दो कुरा भयो । देशकै बेइज्जत भइराखेको छ । सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ । तै पनि सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैं बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरुको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि । यो भन्दा कमजोर, लाचार र निरिह सरकार अरु हुनै सक्दैन ।’

अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको पनि स्पष्ट पारे ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?