Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम गरेनः अध्यक्ष दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो । अध्यक्ष दाहालले टिआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यावाद दिएको स्मरण पनि गरे । उनले सरकारकै क्याबिनेटमा बस्ने मन्त्रीहरूको खुलेआम घुस डिल गरेको अडियो बाहिर आउँदा पनि प्रधानमन्त्रीले एक्शन नलिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो त लाजमर्दो कुरा भयो । देशकै बेइज्जत भइराखेको छ । सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ । तै पनि सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैं बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरुको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि । यो भन्दा कमजोर, लाचार र निरिह सरकार अरु हुनै सक्दैन ।’

अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केहीपनि साँठगाँठ नगरेको पनि स्पष्ट पारे ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?