Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन


१२ चैत्र, लुम्बिनी । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ ।

लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक पनि पाउन सकेका थिएनन् ।

मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । “कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं”, मन्त्री पन्थीले भने ।

कोरोनाकालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिक समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजङग क्षेत्रीले बताए ।

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोरोनाकालमा सेवारत स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

कोरोनाकालमा सेवा गर्ने २२ जना मेडिकल अफिसर, एक सय ११ जना स्टाफ नर्स, छ जना ल्याब टेक्निसियन, तीन जना रेडियोग्राफर, दुई जना एनेस्थेटिक, दुई जना अहेब, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, एक जना वायोमेडिकल टेक्निसियन, एक जना प्लम्बर र एकजना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकको पारिश्रमिक निकासा गर्ने निर्णय पनि भएको उनले बताए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?