Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन


१२ चैत्र, लुम्बिनी । कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ ।

लामो समयदेखि अन्यौलमा रहेका एक सय ९३ जना चिकित्सक तथा स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दी सिर्जना गरी व्यवस्थापन गरिएको हो । उनीहरु लामो समयदेखि दरबन्दीविहीन अवस्थामा रहँदा पारिश्रमिक पनि पाउन सकेका थिएनन् ।

मुख्यमन्त्री लीला गिरीको निर्देशनसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहनसहित व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री विष्णु पन्थीले बताए । “कोरोना महामारीको समयमा जोखिम लिएर स्वास्थ्य सेवामा खटिनुभएका स्वास्थ्यकर्मीलाई निराश बनाउने कुरा भएन, त्यसैले अस्थायी रुपमै भए पनि तत्काल व्यवस्थापन गर्नेगरी काम गरेका हौँं”, मन्त्री पन्थीले भने ।

कोरोनाकालमा प्रदेश सरकारले नियुक्त गरेका स्वास्थ्य प्राविधिक समस्यामा पर्दै आएका थिए । कोभिड महामारीका तीनै लहरमा आफूहरुले खेलेको भूमिकाको कदर गर्दै लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गर्न गरेको निर्णयले हौसला थपिएको प्राविधिक भरतजङग क्षेत्रीले बताए ।

लामो समयदेखि प्रदेश सरकारसँग व्यवस्थापनको माग गर्दै आएकोमा अहिले मात्रै प्रदेश सरकारले निर्णय गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरवृद्धि भएको र जनशक्ति आवश्यक भएकाले कोरोनाकालमा सेवारत स्वास्थ्य प्राविधिकलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णयले महामारीका बेलामा मोलिएको जोखिमको सम्बोधन भएको बताएका छन् ।

कोरोनाकालमा सेवा गर्ने २२ जना मेडिकल अफिसर, एक सय ११ जना स्टाफ नर्स, छ जना ल्याब टेक्निसियन, तीन जना रेडियोग्राफर, दुई जना एनेस्थेटिक, दुई जना अहेब, ३० जना कार्यालय सहयोगी, १४ जना सुरक्षा गार्ड, एक जना वायोमेडिकल टेक्निसियन, एक जना प्लम्बर र एकजना इलेक्ट्रिसियनलाई अस्थायी दरबन्दीमा नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

यसैबीच विगत चार महिनादेखि रोकिएको डाक्टर तथा स्वास्थ्य प्राविधिकको पारिश्रमिक निकासा गर्ने निर्णय पनि भएको उनले बताए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?