Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उहाँले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्नेे निष्कर्षमा पुगेपछि दुई ठूला दल काँग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गर्नुभएको हो । अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो ? भनि सहभागीहरुलाई प्रश्न पनि गर्नुभएको थियो । काँग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो । उहाँले काँग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताउनु भयो । अध्यक्ष दाहालले काँग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको बताउनु भयो । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘परिस्थिति निकै जटिल छ । सहज छैन ।

हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अंग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अंग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यसकारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । सेना समायोजनाको बारेमा, हिजोको हतियार व्यवस्थापनको बारेमा र अहिले बाँकि रहेको सत्य निरुपण तथा बेपत्ता आयोगसँग सम्बन्धित कामहरुको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो अब्जेक्शन कहाँ छ भने अहिले दुइ ठूला राजनीतिक दलहरुले त्यसको मर्म अनुसार अगाडि बढ्नु भएको छैन । मैले अलि गम्भिर ढंगले भन्न चाहेको छु यो कुरा । उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन २÷४ दिन अगाडिसम्म । उहाँहरुले कहिल्यै यो संविधानको समिक्षा गर्नुप¥यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन । तपाईहरु कसैले सुन्नुभएको छ ? नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली काँगेसले पनि संविधान संशोधन गर्नुप¥यो भनेर छलफल गरेको थिएन । होइन । उहाँहरुलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनैपनि तरिकाले हटाउनैपर्ने भयो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभएको हो । र, त्यतिबेला उहाँहरुले कथा बनाउनु भयो संविधान संशोधन । संविधान संशोधन एजेण्डा होइन, उहाँहरुको अर्र्कै एजेण्डा हो । मैले के भन्छु भने–यदि उहाँहरुको संविधान संशोधन गर्नु थियो । र यो संविधान शान्ति सम्झौताको पनि अंगको रुपमा रहेको छ । त्यसकारण शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल र त्यसको नेतासँग संविधान संशोधनबारे छलफल, बहस गर्न हुँदैन्थ्यो र ।

सहमती गरौ, यो विषय मुलुकमा राजनीतिक स्थायित्वका लागि चाहियो भनेर २÷४ दिन अगाडि जतिबेलासम्म म प्रधानमन्त्रीनै थिए । प्रधानमन्त्रीसँग छलफल गर्न हुदैनथ्यो त । छलफल गर्दा बिग्रिन्थ्यो त ? उहाँहरुले लुकाएर गर्नुभयो । लुकाउनु भयो । र बडो अप्राकृतिक तरिकाले आफनै पार्टीलाई पनि थाहा नदिइ गर्नुभयो । जे गर्नुभयो, त्यो पनि कयौं दिनसम्म नेपाली जनतालाई पनि लुकाई राख्नुभयो । ’अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताउनु भयो ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?