Trending
>>   सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन >>   नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे >>   एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै >>   गत आ.व.मा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी गरेका छौँः मन्त्री दाहाल >>   चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला >>   विकासमा अवरोध हुनु हुँदैनः सांसद भण्डारी >>   वातावरणमैत्री विकास आवश्यक छः सांसद बस्नेत >>   ऋतु पत्रिका ‘डाँफेचरी’को पुनः प्रकाशन >>   लामिन यामालले बार्सिलोनासँग २०३१ सम्मको सम्झौता गरे >>   गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

जनकपुरको गंगा सागरमा पितृ तर्पण गर्नेहरुको भीड


काठमाडौं । आजबाट पितृ पक्ष शुरु भएको छ । पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ ।

पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । आश्विन कृष्ण प्रतिपदादेखि औँशीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ । पिता स्वर्गीय भएकाहरु यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ । शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने जनविश्वास समेत छ ।

पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मृत्युलोकमा झर्छन् भनी हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । पितृ तर्पणका लागि जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा तर्पण गर्नेहरुको ठूलो भीड नै लाग्ने गर्छ । पहिलो दिन कुश तिल जौ फुली, काक्रो, द्रव्य हातमा लिएर ऋषि मुनिप्रति श्रद्धा प्रकट गरेर तर्पण गरिन्छ । जसलाई अगस्त तर्पण भन्ने गरिन्छ । अगस्त तर्पण गरेको भोली पल्टदेखि पूर्वज दिवंगत भएको तिथि अनुसार श्राद्ध गर्ने परम्परा रहेको छ ।

हिन्दुहरूको सबैभन्दा ठूलो पर्व दशैँ, दीपावली तथा छठ पर्व गर्नु अगाडी दिवङ्गत पितृहरुलाई स्मरण तर्पण, पिण्डदान गर्ने मिथिलामा परम्परा रहेको छ ।


प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?