Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन


काठमाडौँ। पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइमर्सनबारे अध्ययन तथा अनुगमन गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ ।

सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी सात सदस्यीय उपसमिति गठन गरेको हो । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले समितिका सदस्यहरूमा सीता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, सुशीला श्रेष्ठ रहनुभएको जानकारी दिए । समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गरी आयोजना कार्यान्वयन गर्न निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्ट्यान्ट लगायतका निकाय, सरोकारवालासँग परामर्स गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्नेछ ।

तराई–मधेसका कुल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गर्नेगरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रुपमा अघि नबढेको सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । सुनकोसीको करिव ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिंचाईसहित ३१ मेगावाट विद्युत उत्पादन गरिने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य भएपनि काम राम्रोसँग अघि बढ्न सकेको छैन ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?